लम्कीचुहा
बालकल्याण मा.विको प्रथम त्रैमासिक परीक्षाको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
प्रशासक | २०८२ भाद्र २२ गते १७:३३ मा प्रकाशित
कमल प्याकुरेल
२२ भदौ/ लम्की
कैलालीको लम्कीमा रहेको बालकल्याण माध्यमिक विद्यालयमा २०८२ भदौ २२ गते प्रथम त्रैमासिक परीक्षाको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक धर्मा न्यौपानेको प्रमुख आतिथ्यता तथा परीक्षा समिति संयोजक दिपेन्द्र जंग रावलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, तथा अभिभावको सहभागिता रहेको थियो ।
कार्यक्रम अन्तर्गत कक्षा शिशुदेखि कक्षा १० सम्मका प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई सम्बन्धित कक्षा शिक्षकहरूले पुरस्कार वितरण गरेका थिए । यस अवसरमा विद्यार्थीहरूको शैक्षिक प्रगति, मेहनत र लगनशीलतालाई सम्मान गर्दै हौसला प्रदान गरिएको थियो।
यस्तै, भदौ २० गते सम्पन्न आधारभूत तह निबन्ध लेखन प्रतियोगिताका उत्कृष्ट सहभागी विद्यार्थीहरूलाई पनि विशेष सम्मान गरिएको थियो। प्रधानाध्यापक धर्मा न्यौपाने तथा अनुशासन विभाग प्रमुख शिक्षक शिवबहादुर थापाले उत्कृष्ट विद्यार्थीहरूलाई टीका लगाई शुभकामना व्यक्त गर्नुका साथै निरन्तर अध्ययनमा अग्रसर रहन प्रेरणा प्रदान गरेका थिए।
उक्त कार्यक्रमको सञ्चालन परीक्षा समिति सदस्य बिरेन्द्रकुमार शाहीले गरेका थिए ।