सहजपुर बोगटान सडक निर्माणले तिब्रता पायो
अमृत कुमार ओली | २०७५ चैत्र १ गते ११:०७ मा प्रकाशित
प्रधानमन्त्री के.पि.शर्मा ओलीले सिलान्यास गरे संगै सहजपुर–बोगटान सडक निर्माणले तिब्रता पाएको छ । उक्त सडक कालोपत्रे गर्ने कार्यका लागी प्रधानमन्त्री केपि शर्मा ओलीद्धारा यहि फागुन ७ गते शिलान्यास गर्ने कार्य सम्पन्न भएको हो ।
सडक कालोपत्रे गर्ने प्रक्रियाका लागी डवल कटिङको शुरुवात गरिए संगै स्थानियमा समेत खुशि छाएको छ । कैलालीको चुरे गाउँपालिकाको सहजपुर देखि डोटीको बड्किेदार गाउँपालिका सम्म ५० किलोमिटर सडक तिन बर्ष भित्र कालोपत्रे गरि सक्ने लक्ष्य लिईएको छ ।
उत्पादनका हिसावले कैलालीको चुरे गाउँपालिका र डोटीको बड्डिकेदार गाउपालिका फलफुल र नगदेबालीहरु धेरै उत्पादन हुन्छ । सडक कालोपत्रे भए संगै उक्त क्षेत्रमा उत्पादित बस्तुहरुले समेत बजार पाउने भएका छन् । बड्डिकेदार गाउँपालिकाका स्थानीय रामबहादुर बमले भन्नु भयो – “बर्षौै देखि कच्चि सडकमा जोखिम पुर्ण यात्रा गर्नु परेको थियो, अव सहज हुने आशामा छौ । सडक कालोपत्रे हुने कामले तिब्रता पाओस ।”
त्यस्तै बाटो निर्माणका लागि डोटीका संघिय सासंद प्रेम बहादुर आले मगरकोे अथक प्रयास रहेको स्थानिय बताउछन् । बाटो निमार्णको काम शुरु भएपछि जोरायल गाउँपालिका –२ का भिम प्रसाद ओली भन्छन्– सासंद ज्यूले चुनावमा गर्नुभएको बाचा पुरा गर्नुभएको छ ।
सहजपुर बोगटान सडक सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लारुमा पुरानो सडक हो । उक्त सडक लामो समय देखि कच्ची सडकका रुपमा रहेको थियो ।
सहजपुर बोगटान सडक आयोजनामा कार्यरत ईन्जिनियर राजकुमार पोख्रेलका अनुसार कालोपत्रे गर्ने कार्यका लागी नौं मिटर चौडा सडक आबश्यक पर्ने हुदा हाल आएर डवलकटिङ गर्नु परेको हो । ईन्जिनियर पोख्रेलले भन्नुभयो– “हाललाई कैलालीको चुरे गाउपालिका स्थित सहजपुरवाट सडकको डवल कटिङ शुरुवात गरिएको छ । काम तिब्र रुपमा भईरहेको छ ।” कैलालीको चुरे गाउँपालिका भित्र १८ किलोमिटर र डोटीको बड्डीकेदार गाउँपालिका भित्र २८ किलोमिटर सडक कालोपत्रे गरिने बताईएको छ ।
भारतको एक्जिम बैंकको ऋण प्रक्रियावाट उक्त सडक कालोपत्रे हुन थालेको हो । सडक सुधार आयोजना अन्तरगत सडक कालोपत्रे पुरा गर्नका लागी २ अर्व ५ करोड रुपिया बजेट बिनियोजन गरिएकोे छ । सडक कालोपत्रे पश्चात डोटीको साकिकका १५ र कैलाली जिल्लाका २ गाबिसका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् ।
२०४२ सालमा पहिलो पटक सडक निर्माण कार्यको शिलान्यास गरिएकोमा ३३ बर्ष पछि सडक कालोपत्र गर्ने कार्यको शुरुवात गरिएको छ । सडक डवलकटिङ गर्ने त्रममा स्थानीयको घर जग्गामा नोक्सान भए हुन थाले पछि मुआब्जाको समेत माग उठ्न थालिएको छ ।