चौथो पानसदीप जेसीज क्रिकेट कपः मंसिर १२ देखि
प्रशासक | २०८२ मंसिर ८ गते १७:०४ मा प्रकाशित
अक्षर साथी
लम्की/ मंसिर ७
कैलालीको लम्कीमा रहेको लम्की जेसीजले आयोजना गर्दै आएको रोमाञ्चक क्रिकेट प्रतियोगिता मंसिर १२ गतेदेखि सुरु हुँदै छ । लम्कीचुहा–३ मा रहेको नमस्ते युथ ग्रुपको खेल मैदानमा आयोजित यस प्रतियोगितामा ४ समूहमा विभाजित २२ विद्यालयका टिमहरूले प्रतिस्पर्धा गर्नेछन् । आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन्।
लम्की जेसीज वर्ष २०२५ का अध्यक्ष भुपेन्द्र तिमिल्सेनाका अनुसार, यो प्रतियोगिताको मुख्य उद्देश्य क्रिकेटको चौतर्फी विकास गर्नु, युवाहरूलाई खेलप्रति आकर्षित गर्नु र लागूऔषध दुव्र्यसनमुक्त समाज निर्माण गर्नु हो । यस संस्करणको मुख्य प्रायोजक लम्कीस्थित पानसदीप स्कुल रहेको छ, योसँगै प्रतियोगितालाई ‘चौथो पानसदीप जेसीज क्रिकेट कप–२०८२’ मा नामाकरण गरिएको छ । पानसदीप स्कुलका प्रधानाध्यापक अमर ओलीले थप चार संस्करणसम्म प्रायोजन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘प्रतियोगिताको निरन्तरताका लागि एकैपटक ५ संस्करणको प्रायोजन गरेका हौं ।’
प्रतियोगिताका कार्यक्रम संयोजक रजबहादुर थापाका अनुसार, यो प्रतियोगिताले उत्कृष्ट र सम्भावनायुक्त क्रिकेट खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने, उमेर समूहका लुकेका प्रतिभालाई मिडियामा ल्याएर अवसर प्रदान गर्ने तथा अभिभावकहरूलाई सचेत गराउँदै बालबालिकामा खेलप्रति सकारात्मक सोच विकास गर्ने लक्ष्य राखेको छ ।
समूह ’डी’ मा रहेका पानसदीप स्कुल, लम्की र नेशनल एकेडेमी मोतिपुरबीच मंसिर १२ गते उद्घाटन खेल हुनेछ । धनगढीसम्मका ५ सामुदायिक विद्यालय र १७ संस्थागत विद्यालयको सहभागिता रहने यो प्रतियोगितामा अध्यक्ष तिमिल्सेनाले जानकारी दिए ।
पुरस्कार विवरणः
विजेता टिमः ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु. १ लाख १ हजार १२५
उपविजेता टिमः ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु. ५१ हजार १२५
म्यान अफ द सिरिजः ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु. ५ हजार १२५
म्यान अफ द म्याचः नगद रु. ७२५
बेस्ट बलरः ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु. ४ हजार १२५
बेस्ट ब्याट्सम्यानः ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु. ४ हजार १२५
राइजिङ प्लेयरः ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु. ४ हजार १२५
बेस्ट फिल्डरः ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु. ४ हजार १२५
समूह विभाजनः
समूह एः लम्की ग्लोबल एकेडेमी, कैलाली पब्लिक सेकेन्डरी स्कुल, पायोनियर्स एकेडेमी, उज्यालो शिक्षा सदन माध्यमिक विद्यालय र गणेश बाबा स्कुल
समूह बीः क्याम्ब्रिज इङ्गलिस बोर्डिङ स्कुल, एन बालबाटिका स्कुल, कैलाली गुरुकुल, सर्वोदय माध्यमिक विद्यालय, सफल सुदूरपश्चिम एकेडेमी र राष्ट्रिय माध्यमिक विद्यालय
समूह सीः कर्णाली माध्यमिक विद्यालय, सप्तश्री, वेस्टर्न क्रिस्टल, ब्राइट फ्युचर एकेडेमी र आरएमई
समूह डीः नाता एकेडेमी, पानसदीप स्कुल, बालकल्याण माध्यमिक विद्यालय, युनाइटेड एकेडेमी, दीपेन्द्र माध्यमिक विद्यालय र कैलाली नेशनल एकेडेमी
















