समाचार
चुनाव केन्द्रित राजनीतिक दलका सम्पर्क कार्यालय खुले
प्रशासक | २०८२ माघ ११ गते १७:३४ मा प्रकाशित
अक्षर साथी
लम्की, माघ १०
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि राजनीतिक दलले आफ्ना सम्पर्क कार्यालयको स्थापना गर्न थालेका छन् । फागुन २१ गते निर्वाचनका लागि कैलाली क्षेत्र नं. २ मा राजीनितक दलले आआफ्नो सम्पर्क कार्यालय स्थापना गर्न थालेका हुन् ।
नेकपा(एमाले)ले लम्की बजार स्थित पूरानो झुंगा रिर्सो भएको घरमा सम्पर्क कार्यालय खोलेको छ । शनिवार नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य तथा निर्वाचन परिचालन मूल कमिटीकी सदस्य कमला कुमारी ओली सम्पर्क कार्यालय सचिवालयको उद्घनाटन गरेकी छन् ।
त्यस्तै निर्वाचन परिचलान मूल कमिटीका प्रवक्ता बिरेन्द्र बहादुर रावलले पत्रकारसँग संक्षिप्त कुरा गर्दै निर्वाचनलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्दै नजिा आफ्नोतर्फ पार्नको लागि विभिन्न समिति बनेको बताए । प्रवक्ता रावलका अनुसार बल बहादुर भण्डारीलाई आर्थिक कमिटी जिम्मेवारी दिइएको छ ।
त्यसैगरी यो भन्दा पूर्व राष्ट्रिय स्वतन्त्र पार्टीले बलियामा आफ्नो पार्टीको सम्पर्क कार्यालयको स्थापना गरीसकेको छ । नेपाली कम्युनिष्ट पार्टीले पनि शनिवार बलियामा अफ्नो सम्पर्क कार्यालयको स्थापना गरेको छ ।
दलहरूले यसरी आफ्नो सम्पर्क कार्यालयको स्थापना गरेपछि कैलाली क्षेत्र नं.२ मा चुनावी माहोल बन्दै गएको छ ।