समाचार
कैलाली २ मा रास्वपाका केपी खनाल फराकिलो मतले अग्रस्थानमा
प्रशासक | २०८२ फाल्गुन २४ गते ०९:३६ मा प्रकाशित
अक्षर साथी
लम्की, फागुन २४
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नं। २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनाल फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। हालसम्मको मतगणना अनुसार खनालले १६ हजार २ सय ४८ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं. २ मा १ लाख ७ हजार ७ सय ५७ मतदाता रहेका थिए । निर्वाचनमा ५६ हजार ७ सय मत खसेको थियो । आइतबार बिहानसम्म ४६ हजार ५ मतको गणना सम्पन्न भएको छ भने ३ हजार ४ मत बदर भएको छ ।
मतपरिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ८ हजार ७ सय ५० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। त्यसपछि नेकपा (एमाले) का सूर्य बहादुर थापाले ६ हजार ८ सय २३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवारले ५ हजार २ सय ९६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका नन्द बहादुर साउँदले ३ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् ।
अन्य उम्मेदवारतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत सिंह बि।सी।ले ६८० मत, स्वतन्त्र उम्मेदवार राजेश मयालले ३६४ मत, नेपाल मानवतावादी पार्टीका करबिर कडाराले ३३१ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का दिल बहादुर साउँदले २४३ मत, नेपाल मजदुर किसान पार्टीकी लक्ष्मी पुन मगरले १४५ मत, नेशनल रिपब्लिक पार्टीका दल बहादुर बुचा मगरले ७३ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका डम्मर बहादुर रावलले २७ मत, आम जनता पार्टीका खगेन्द्र बहादुर रावतले ११ मत, स्वतन्त्र उम्मेदवार दिपक रावलले १४ मत तथा मित्रता पार्टी नेपालका उम्मेदवारले २ मत प्राप्त गरेका छन् ।
कैलाली क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँगै नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। हालसम्मको मतपरिणाम हेर्दा रास्वपाका उम्मेदवार केपी खनालको जित लगभग निश्चितजस्तै देखिएको छ ।