देश
लम्कीका लायन्स,लियो र युथ कर्नर द्धारा राहत वितरण
प्रिन्स बि.क | २०७५ चैत्र २७ गते २०:२२ मा प्रकाशित
पुर्वी तराईका बारा पर्सामा आएको हावाहुरी बाट पिडीत भएकाहरु लाई लम्कीका लायन्स,लियो र युथ लिडरसिप कर्नरले बुधबार रहात वितरण गरेका छन् ।
चैत १७ गते साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा तिन मिनेटमै ठुलो मानविय र भौतिक क्षति भएको थियो । सो दुःखद घटना पछि लम्कीमा समाजिक सेवामा सक्रिय रुपमा काम गर्दै आएका लायन्स तथा लियो र युथ लिडरसिप कर्नरले दुई दिन सम्म लम्की बजार क्षेत्र बाट रहात संकलन गरेका थिए । ९५ हजार रुपैया संकलन गरि संस्थाहरुले बारा जिल्लाको पर्सौनी गाँउपालिका– ४ का ६० घर परिवार लाई खाना बनाउने र खाने भाडा वितरण गरेका हुन् ।
राहत सामाग्री पाएपछि २० बर्षिय राम नारायण यादवले भने राहत त धेरैले दिए । चामल,दाल,तेल, लगायतका समान दिएका थिए तर पकाउने भाडाको समस्या थियो । अब यो समान पनि यिनिहरु(लायन्स,लियो र युथ कर्नर लम्की) ले दिएपछि रहात भएको छ ।
त्यस्तै वडा अध्यक्ष आन्नद गुप्ताले यहाँ भएको दुःख लाई महसुस गरि लम्कीबाट राहत वितरण गर्नु आउनुले मानवता र नेपालीपन जिवित नै रहेको बताए । गुप्ताले रहातमा पनि एउटै समान धेरैले दिदा त्यस्को उपयोगितामा कमि आएको बताउदै तर लम्कीका संस्थाले फरक ढङ्गले रहात सामाग्री ल्याएकोमा धन्यबाद दिए ।
रहात वितरण गर्दै लायन्सका सुदूरपश्चिम प्रदेशका चिफ दीपक कुमार तिमिल्सेनाले नेपाली भएका नाताले एक नेपाली लाई दुःख पर्दा अर्को नेपालीले साथ दिने रहि आएको परम्परालाई निरन्तरता दिएको बताए । तिमिल्सेनाले रहात वितरण कार्यक्रमलाई ब्यबस्थित पार्नमा उल्लेखनिय भुमिका निभाउनु भएका बारा जिल्लाका प्रहरी नायब उपरिक्षक हेम शाही प्रति कृतज्ञता ब्यक्त गरेका थिए ।
लायन्स क्लब अफ लम्की बर्ष २०१८ का अध्यक्ष उमेश तिमिल्सेनाले लायन्सको तर्फबाट सहयोग गर्न पाउदा खुशी लागेको बताए । त्यस्तै लायन्स क्लब अफ लम्कीका संस्थापक अध्यक्ष डिल्ली प्रसाद गड्तौलाले हाम्रो नारा “हामी सेवा गर्छौ” भन्ने छ त्यसैले हामिले यस्ता आपत विपतको समयमा मानविय सेवामा सदैव संगलग्न रहने बताए ।
युथ लिडरसिप कर्नर लम्कीका अध्यक्ष कृष्ण बटालाले संसारमा मानविय सेवा भन्दा ठुलो कुनै धर्म नरहेकाले यो सेवा गर्न पाउनु आफ्ना लागि भाग्यको कुरा रहेको बताए ।
सो हवाहुरीमा ज्यान गुमाउनेको संख्या २७ पुगेको थियो भने , ५०० भन्दा बढी घाइते भएका थिए ।