देश
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
प्रशासक | २०८२ कार्तिक २३ गते ०८:०५ मा प्रकाशित
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमको निधन भएको छ।
केही समयदेखि बिरामी रहेका आलमको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत अवस्थामा गएराति साढे २ बजको समयमा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
अस्पतालका व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार आलमलाई करिब दुई साता अघि अस्पतालमा भर्ना गरिएको थियो। सुरुदेखिनै उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । तर अवस्था थप जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो ।