अक्षर साहित्य प्रतिष्ठान द्वारा स्रष्टाका बुवा सहित पत्रकार सम्मानित
एजेन्सी | २०७६ भाद्र ९ गते १९:०२ मा प्रकाशित
अक्षर साहित्य प्रतिष्ठान लम्की कैलाली द्वारा स्रष्टाको आँगनमै स्रष्टाको बुवा सहित पत्रकार सम्मानित भएकाछन् । अक्षर साहित्य प्रतिष्ठानको स्रष्टा आँगन तथा सम्मान कार्यक्रमको दशौं शृङ्खला जानकी गाउँपालिका ८ पालबजारमा स्रष्टा हर्क देवकोटा आर्त अकुलीनका बुवा गौरीलाल देवकोटार र पत्रकार दुर्गा देवकोटा सम्मानित भएकाहुन् ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार सदस्य अमर वलीले स्रष्टा उत्पादनमा परिवारको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहने भएकोले स्रष्टाले रोजेको घरको व्यक्तिलाई स्रष्टाकै आँगनमा सम्मान गर्दै आएको बताए । । उनले भने “ भाषा, कला साहित्यको विकासमा संचार माध्याम र संचारकर्मीको पनि योगदान हुने भएकोले राष्ट्रिय समाचार समिती लम्की संवाददाता दुर्गा देवकोटा लाई सम्मान गरेको हो ।
स्रष्टा हर्क देवकोटा आर्त अकुलीनको जीवनी माथि अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष धनराज अविरलले प्रकाश पारेका थिए । गरिबीको कारण अभावको जिन्दगी भोगेका आर्त अकुलीन सफल र सक्षम स्रष्टा भएको अविरलले समीक्षा गरे । देवकोटाको जीवनी माथि समीक्षा गर्दैगर्दा कार्यक्रमका सहभागी सबै भावुक भएका थिए । अविरलले काँडाको बीचमा फूलेको फूल भनेर स्रष्टा आर्त अकुलीन लाई चित्रण गरे । जीवनी समीक्षा पछि सम्मान पत्र, दोसल्ला र फूलमालाले प्रमुख अतिथि एबम् बरिष्ठ साहित्यकार एबम् पूर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले अक्षर साहित्य प्रतिष्ठानको स्रष्टा आँगन तथा सम्मान कार्यक्रम लोकप्रिय कार्यक्रम भएको बताए । संस्था स्थापनाको छोटो समयमा अक्षर साहित्य प्रतिष्ठान चर्चित कार्यक्रमका साथ पहिचानमा आएको उनले बताए । अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष धनराज अविरल लगाएत अक्षर परिवारलाई शुभकामना व्यक्त गर्दै कार्यक्रमको दिल खोलेर उनले प्रशंसा गरे ।
कार्यक्रममा स्रष्टा आर्त अकुलिनले आफ्नै आँगनमा अक्षर साहित्य प्रतिष्ठानले बुवा लाई सम्मान गरेकोमा जीवनमा विगतमा भोगेको दुःख विर्सेको बताए । उनले रुदैँ अनुभव सुनाउँदा कार्यक्रमका सहभागीले पनि भाव्ुक र गम्भिर बनेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार धनञ्जय तिमिल्सिनाले नेपाली साहित्यमा अक्षर साहित्य प्रतिष्ठानले नयाँ कार्यक्रम स्रष्टा आँगन तथा सम्मान कार्यक्रम बाट उचाई लिन सफल भएको बताए । आफ्नो प्रकाशित कृति विमोचन गर्ने गरी स्रष्टा आँगन आउँदो मंशिर महिनामा टीकापुर लिन चाहेको बताए । अक्षर साहित्य प्रतिष्ठानको नयाँ कार्यक्रम भएकोले चर्चामा आएको र देशब्यापी बनाउन सबै लागि पर्नुपर्नेमा जोड दिए । ब्यवस्थित तरिकाले कार्यक्रम सम्पन्न गर्न अक्षर परिवार सक्षम र सफल भएको उनले धारणा राखे ।
बर्दियाका साहित्यकार एबम् कार्यक्रमका विशिष्ट अतिथि दिपक आचार्य जलनले गजल वाचन गर्दै अक्षर साहित्य प्रतिष्ठानले साहित्य क्षेत्रमा नयाँ पहिचान बनाउन सफल भएको बताए । कार्यक्रमको संरचना अत्कृष्ट लागेको भन्दै असोज महिनाको स्रष्टा आँगन तथा सम्मान कार्यक्रम बर्दिया आफ्नो आँगनमा गर्न चाहेको बताए । स्रष्टा आँगन तथा सम्मान कार्यक्रममा केशव शाही, बलबहादुर रावल, देवानन्द रिमाल, कण्ठराज गिरी र बालकृष्ण खनालले मन्तब्य राख्दै स्रष्टा आँगन तथा सम्मान कार्यक्रम प्रभावकारी रहेको बताए । समाज र देश परिवर्तनमा साहित्यको महत्वपूर्ण भूमिका रहने भएकोले राज्यले स्रष्टाको योगदानको सम्मान गर्नुपर्छ । भाषा, कला साहित्यको संरक्षण र सम्बद्धनका लागि राज्यले अर्थपूर्ण लगानी गर्नुपर्नेमा जोड दिए ।
स्रष्टा आँगनमा शेरु बिष्ट, मनोज खड्का, प्रेम जेशी मायालु, निराश भाट, विष्ट ुिदामा, गुड्डु वली, दिपेश बजगाई, नमराज उपाध्याय, बविता नाथ योगी, भानुभक्त ढकाल, कुसुम देवकोटा सानु, पल्लवी पुष्पलता, देउमा दमाई, गंगेशवरी बिक, रमेश आाशु, हरिश न्यौपाने अनुपमा देवकोटा लगायतका स्रष्टाहरुले रचना बाचन गरेका थिए । रचना मार्फत स्रष्टाहरुले देशमा द्वन्द्ध बढ्ने सम्भावना बढेकोले यस्तो अवस्थाले जनतालाई दुःखी बनाएको बताए । दुबै पक्षले विगतमा भएको द्वन्द्ध बाट पाठ सिकेर बार्ता र संवादको प्रकुया अपनाउनु पर्नेमा जोड दिएका थिए । देशलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने रचना स्रष्टाहरुले प्रस्तुत गरेका थिए । भाषा कला साहित्यको विकासमा राज्यको लगानी कम भएकोले सोचे जस्तो विकास हुन नसकेको स्रष्टाले बताए । देशमा भएको परिवर्तनलाई संस्थागत विकास गर्नुपर्ने भन्दै समाजमा भईरहेको विभेद र देशमा भएको भ्रष्टचारको विरुद्धमा स्रष्टाहरुले तिखो व्यंग्य प्रहार गरेका थिए ।
अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहोराले कार्यक्रमको समीक्षा गर्दै संस्थाले छोटो समयमा धेरै ठूलो प्रगति भएको बताए । गाँउ घरमा साहित्यको जागरण ल्याउदै स्रष्टाहरु उत्पादन गर्ने काममा सफलता हाँसिल गरेको भन्दै अक्षर साहित्य प्रतिष्ठानको यात्रा कहिल्यै नरोकिने उहाँले बताए । अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष धनराज अविरलको अध्यक्षतामा भएको कार्यक्रम बिपी खनालले सञ्चालन गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष तुल्सी सन्ज्यालले स्वागत मन्तब्य राखेकी थिईन् ।