समाचार
टीकापुरमा जमरा देखि वसपार्क सम्मको ४ लेन आधुनिक सडक निर्माण सुरु
एजेन्सी | २०७६ बैसाख ३० गते २०:२७ मा प्रकाशित
टीकापुर ३० बैसाख
टीकापुरको मुख्य बजार क्षेत्र जमरा पुलदेखि वसपार्क सम्मको सडक ४ लेनको कामम सुरु भएको छ ।
लम्की खक्रौला रोडमा पर्ने सो सडक खण्डको २ किलो मिटर ३ सय मिटर सडक ४ लेन बनाउन सुरु भएको हो ।
शहरी विकास तथा भवन निर्माण बिभाग अन्त्रगतको सघन शहरी कार्यक्रमको १३ करोड ८९ लाख १९ हजार ७ सय ८६ रुपैया लागतमा सो कार्य सुरु भएको हो ।
टीकापुर नगरपालिकाले आज टीकापुरमा आयोजना गरेको एक कार्यक्रममा सो सम्बन्धि जानकारी दिईको थियो ।
सो सडकको पुरा चौडाई ३७ दशमलब ९ मिटर हुने संघिय आयोजना कार्यान्यवन इकाई धनगढीका इन्जिनियर त्रिलोक जोशीले जानकारी दिनु भयो ।
सडकका बिचमा २ मिटर चौडाईको बगैचा बन्ने र दुबै तर्फको भागको चौडाई ७ दशमलब ५ मिटर रहने छ ।
सो आयोजना आगामी २०७७ साल फागुन १३ गते भित्र काम सम्पन्न गर्ने गरीरमन के.एस.जे.भी.कन्ट्रक्सनले जिम्मा पाएको छ ।
By Khaptadkhabar.com