सुदुरपश्चिम प्रदेश
                                
                                    धनगढीमा प्रदेश युवा सम्मेलन शुरु
                                
                                
                                     एजेन्सी | २०७६ जेठ १  गते  १७:२२ मा प्रकाशित
                                    कैलालीको धनगढीमा आजबाट प्रदेश युवा सम्मेलन शुरु भएको छ । नेपाल युवा परिषदको आयोजनामा प्रदेश युवा सम्मेलन शुरु भएको हो । दुई दिनसम्म चल्ने सम्मेलनको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरे । सो अवसरमा मन्त्री सुवेदीले प्रदेशलाई सबल बनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताए । उक्त सम्मेलन भोलि धनगढी घोषणापत्र जारी गर्दै सम्पन्न हुने जनाइएको छ । सम्मेलनमा सुदूरपश्चिम प्रदेशभरीबाट २२० जना युवाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।