समाचार
विप्लव नेकपा माथि लगाएको प्रतिबन्ध सरकारले फिर्ता लिनुपर्छ ः गोपाल किराँती
धनराज बि.क अबिरल | २०७६ जेठ १२ गते १८:४७ मा प्रकाशित
लम्की १२ जेठ
नव गठित नेकपा माओवादी केन्द«का अध्यक्ष गोपाल किराँती साईलाले विप्लव नेकपा माथि लगाएको प्रतिबन्ध सरकारले फिर्ता लिनुपर्ने बताएकाछन् । शुक्रबार लम्कीमा भएको अगुवा कार्यकर्ता भेघघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथि किराँतीले विप्लब नेकपा राजनितिक पार्टी भएकोले राजनितिक तवरले सरकारले समस्या समाधान गर्नुपर्ने भन्दै विप्लव नेकपा माथि लगाएको प्रतिबन्ध सरकारले फिर्ता लिनुपर्ने बताएकाहुन् । क्रान्तिलाई सरकारले निस्तेज पार्न खोजेकोले क्रान्तिकारी सबै एकजुट हुनुपर्ने उनले बताए ।
शहिदका आँशु रगत पसिना र जनातको त्याग तपस्याले जन्मेको पार्टीलाई तत्कालिन नेतृत्वले बिलय गराउन खोजेकोले पार्टीलाई जिवित राख्न सबै क्रान्तिकारी एक भएर लाग्नुपर्ने बताए । हामी सबैले देश र जनताको लागि राम्रो गर्नुपर्छ यदी राम्रो गर्न नसके कसैले पनि देश र जनताको लागि नराम्रो गर्न नहुने किराँतीले बताए । जनताको विश्वास माथि तत्कालिन नेतृत्वले नराम्ररी प्रहार गरेको आरोप लगाउँदै उनले गरेका राम्रा कामको प्रशंसा पनि गरे ।
शहिद परिवारका शोभा आर्चायले युद्धमा श्रीमान् र छोरी गुमाए । जेल जीवन बिताँए । अपाङ्ग भएर बाँच्नु परेकोमा दुुःख लागको बताईन । पार्टी बिलय पछि शहिदका सपना माथि खेलबाँड भएको भन्दै जनताले सुख र शान्ति नपाएको उनले बताईन् । जनताको सपना अधुरा रहेकोले पूरा गर्नलाई क्रान्ति जरुरी रहेको आर्चाय बताउँछन् ।
कार्यक्रममा राजन बिकले पछाडी पारिएका बर्गको समस्या समाधान नभएकोले गरिब जनताको मुक्तिको लागि क्रान्ति आवश्यक रहेको बताए । दिपक रावलको अधयक्षतामा भएको कार्यक्रममा स्वागत मनत्ब्य ज्ञान बहादुर बमले राखेका थिए भने कार्यक्रमको संचालन नेकपा माओवादी केन्द«का उपाध्यक्ष रंगनाथ ढकालले गरेका थिए ।