समाचार
जनप्रतिनिधी कुटिएपछि कन्चनपुरको पचकडिया प्रहरी चौकीमा आगजनी
एजेन्सी | २०७६ जेठ १० गते ११:४७ मा प्रकाशित
कञ्चनपुर- जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तुलसी अर्याल विहिबार बेलुका प्रहरी चौकीमा कुटीएपछि सो क्षेत्रमा तनाब भएको छ । पचकडिया प्रहरी चौकीमा बालविवाहको घटनामा विवाद चर्किएपछी प्रहरीले स्थानीय संगै वडाअध्यक्ष माथि लाठीचार्ज गरेको थियो ।वडाअध्यक्ष सँगै स्थानीय दलि धामी, प्रदिप सिंह र रमेश सिंह रहेका छन् ।
वडाअध्यक्ष अर्यालको टाउकोमा चोट लागेपछि सिटिस्क्यानका लागि धनगढी लगिएको छ ।वडा नम्बर ११ का १७ बर्षिय रोशन विकले पुनर्वास नगरपालिका वडा नम्बर ३ की १४ बर्षिय पुष्पा तामाङलाई भगाएर बिहे गरेको बिषयमा विवाद चर्किएको थियो ।
ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षकले मदिरा सेबन गरेका थिए । उनले बिबाद बढेपछि अन्धाधुन्ध लाठीचार्ज गराएको स्थानियको आरोप छ । प्रहरी निरिक्षक बमले भने लाठीचार्ज नभएर केटीलाई ईलाकामा लैजाने क्रममा सामान्य विवाद भएको बताएका छन् ।