सुदुरपश्चिम प्रदेश
सम्वाद कार्यक्रम सम्पन्न
एजेन्सी | २०७६ आषाढ़ १३ गते १६:०७ मा प्रकाशित
राजेन्द्र रावल
असार १३, बौनिया
समग्र विकासको अवरोध, जातिय तथा लैंगिक विभेद भन्ने मुल नारा रहेको दलित महिला संघको सम्वाद कार्यक्रम शुक्रबार बर्दगोरिया गाउपालिका १ बौनियामा सम्पन्न भएको छ । कार्यक्रम बर्दगोरिया गाउपालिका स्तरीय सामूहिक कार्यगत सञ्जाल र बर्दगोरिया गाउपालिका स्तरिय न्यायिक समिति बीच न्यायको पहुचमा दलित महिला हरुको अवस्थाका बारेमा सम्वाद गर्दै सम्पन्न भएको थियो ।दलित महिला संघका जिल्ला सदस्य एवम सुदुरपश्चिम प्रदेश बादि समाज अध्यक्ष रमा बादिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउपालिका उपाध्यक्ष एवम न्यायिक समिति संयोजक भगवती देवि डगौरा थारु रहनु भएको थियो । सो अवसरमा थारुले गाउपालिकामा स्थानिय तहको निर्वाचन पश्चात् न्यायिक समिति को गठन भए संगै महिला र पिछडा बर्गको न्यायमा पहुच बड्दै गएको जानकारी गराउनु भएको थियो । थारुले दिएको जानकारी अनुसार बर्दगोरिया गाउपालिकको न्यायिक समितिले स्थानिय पालिकामा सम्भव भएको र स्थानिय पालिकाले हेर्न मिल्ने मुद्दा हरु लाई यतै समाधान गर्ने गरेको र सम्भव नभएको घटना लाई सम्बन्धित निकायमा पुर्याउन सहयोग गर्ने गरेको जानकारी दिनु भएको थियो । कार्यक्रममा न्यायिक समिति सदस्य टंक राज ओली, बर्दगोरिया गाउपालिका वडा नम्बर एकका वडा सदस्य मथुरा देवि विश्वकर्मा लगायतको सहभागिता रहेको थियो । सो सम्वाद कार्यक्रममा कार्यक्रम को उद्धेश्य माथि प्रकाश पार्ने क्रममा दलित महिला संघ कैलाली का कार्यक्रम संयोजक बिनोद घिमिरे ले कैलाली जिल्लाको आर्थिक बर्ष २०७५/०७६ को तेस्रो चौमासिक सम्मको महिलामा घटेका घटनाको अवस्था, न्यायमा पहुचको संक्षिप्त जानकारी र बिशेषता दलित महिलाको न्यायको अवस्थाको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो । सामूहिक कार्यगत सञ्जाल र बर्दगोरिया गाउपालिका स्तरिय न्यायिक समिति का पदाधिकारी सहित २४ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन बाल कुमारी सुनारले गर्नु भएको थियो ।