आर्थिक वर्ष सकियो तर सम्पन्न योजनाको अनुगमन भएन
एजेन्सी | २०७६ श्रावण १ गते १८:१८ मा प्रकाशित
वीरेन्द्र शाह असार ३१ सुखड
आर्थिक वर्ष सकिए पनि घोडाघोडी नगरपालिकाले सम्पन्न आयोजनाको अनुगमन गरेको छैन । पुरानो सुखड बजार ढल निकास तथा ग्राबेलको काम सम्पन्न भए पनि हाल सम्म नगरपालिकाले अनुगमन नगरेको हो ।
चैत्र २ गते बाट काम सुरु भई जेष्ठ १५ गते भित्र काम सम्पन्न भएको थियो । तर बिचमा काम हुदैगर्दा सामान्य अुनगमन भए पनि काम सम्पन्न पश्चात भने अनुगमन नभएको बताईएको छ । लिखित निबेदन दिएर अनुगमन समितिका संयोजक प्रेम कुमारी थापालाई अनुगमन गर्न आग्रह गर्दा समेत संयोजक थापाले पन्छिने काम गरेको उपभोक्ता समितिले आरोप लगाएको छ । पटक पटक भेटेर, पत्र लेखेर उप प्रमुखलाई पुरानो सुखड बजार ढल निकास कामको अनुगमन गरीदिन अनुरोध गर्दा समेत अनुगमन टोलीले अनुगमन नगरेको उपभोक्ता समितिको भनाई छ । एक पटक अनुगमन टोलीले उक्त सम्पन्न भएको योजनाको अनुगमन गरेर कुन ठाउँमा बिर्गेको छ, कहाँ बनाउनु पर्ने छ भनेर आफुहरुलाई अनुगमन टोलीले भनेको भए पुन त्यसै अनुसार काम गरीने समितिको भनाई छ ।
काम सम्पन्न भएको दुई महिना पुग्नै लाग्दा समेत नगरपालिकाको अनुगमन टोली अनुगमन गर्न छोडेर आफुलाई टार्ने काम गरीरहेको उपभोक्ता समितिका अध्यक्ष मनराज उपाध्याले आरोप लगाउनु भयो । सम्पन्न योजनाको अनुगमन नहुदा कामदाहरु पटक पटक पैसाको लागी आफ्ना घरमा आउने गरेको उहाँले दुखेसो पोख्नु भयो । कामदाहरु र व्यापारीहरुले पटक पटक काम गरेको र सामान ल्याएको पैसा मागी रहेको हुनाले आफुहरुलाई निकै समस्या भएको समितिले जनाएको छ । पैसा नभएर अहिले सम्म कामदाहरु, सरिया, सिमेन्ट, होमपाईप ल्याएका व्यापारीहरुलाई एक रुपैया समेत दिन नसकिएको उपभोक्ता समितिका अध्यक्ष मनराज उपाध्याको भनाई छ । नगरपालिकाले बनाएको स्टिमेट अनुसार सोलिङ्, पिपिसि, होमपाई फिट गर्ने, माटो फिलिङ्ग, च्याम्बर, ढकनको जाली र ढकन हाल्ने काम भएको समितिको भनाई छ । यता वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाहीले भने पुरानो सुखड बजार ढल निकास सम्पन्न भएको उक्त ठाउँमा ग्राबेल भएको खण्डमा योजनाको अनुगमन हुने बताउनु भयो । जब सम्म सो ठाउँमा ग्राबेल हुदैन तब सम्म अनुगमन नहुने ठोकुवा गर्नु भयो ।
यता योजना अनुगमन समितिका संयोजनक तथा नगर उप प्रमुख प्रेम कुमारी थापाले भने आफुले उक्त योजनाको अनुगमन गर्न नसकिने बताउनु भयो । पुरानो सुखड बजार ढल निकास सम्पन्न भएको योजनाको अनुगमन आफुले नभएर नगर प्रमुखले गर्ने भनेर उहाँले पन्छिने कुरा गर्नु भयो । घोडाघोडी नगरपालिकाको ७० लाख र उपाभोक्तहरुको ३० प्रतिशत श्रमदानमा पुरानो सुखड बजार ढल निकासको काम भएको थियो । स्टिमेट अनुसार मुख्य लाईनमा ४५ एम एमको होमपाई र साईट लाईनमा ३० एम एमको होमपाई उपभोक्ता समितिले हालेको छ । अहिले पुरानो सुखड बजार ढल निकासको काम सम्पन्न भएर घर भित्रको पानि निकास भईरहेको छ ।