समाचार
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कृष्णपुरद्धारा हावाहरी पिडितलाई राहात रकम बितरण
एजेन्सी | २०७६ आषाढ़ ३१ गते १६:५१ मा प्रकाशित
मंगल बास्कोटे लम्की÷असार ३१
कञ्चनपुरका हावाहुरी पिडितहरुलाई मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कृष्णपुरले नगद राहात रकम प्रदान गरेको छ ।जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.५ मा गत जेठ २३ गते आएको बिनासकारी हावाहरीबाट पिडित बनेका आफ्ना ग्राहक सदस्यलाई राहत स्वरुप रकम प्रदान गरेको हो ।मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कृष्णपुरले हावाहरीबाट सबै भन्दा बढी प्रभाबित बनेका ६० जना ग्रहक सदस्यलाई करिव १ लाख १० हजार बराबरको राहात रकम प्रदान गरेको छ । कृष्णपुर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष आशा राम चौधरी र मेरो माइक्रोफाइनान्स कञ्चनपुरका अनुगमन प्रमुख सुशील कुमार चौधरीको बिशेष उपस्थितीमा उक्त राहत रकम पिडितहरुलाई हस्तन्तरण गरिएको थियो । राहत रकम बितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले कञ्चनपुरमा थुप्रै लघुबित्त बित्तिय संस्था भए पनि दुरदराजका जनताहरुलाई खोजेर राहत बितरण गर्ने पहिलो लघुबित्त बित्तिय संस्था मेरो माईक्रोफाईनान्स भएको भन्दै धन्यावाद ज्ञापन गर्नु भयो । हावाहरीको पिडामा छटपटाई रहेका जनतालाई स्थानिय सरकार वडाबाट पनि मलम लगाउने काम भएको थियो त्यसै माथी मेरो माइक्रोफाइनान्सले सहयोग प्रदान गर्दा पिडितलाई केही सम्म राहत महसुस भएको बताउनु भयो। जनताको घर दैलोमा मेरो माइक्रोफाइनान्स भएको हुदा जनताको सहयात्री भएर हिड्ने अनुगमन प्रमुख सुशील कुमार चौधरीले बताउनु भएको त्यहाबाट कृष्णपुर शाखा प्रबन्धक चित्र प्रसाद उपाध्याय ले जानकारी गराउनु भएको थियो । गत जेठ २३ गते बीहिबार कैलाली–कञ्चनपुरमा चलेको विनाशकारी हावाहुरीका कारण दुई जिल्लामा तीन हजार बढि घरमा पूर्ण क्षती र ८ हजार बढि घरमा आशंक क्षतीको अनुमान गरिएको थियो ।