सुदुरपश्चिम प्रदेश
                                
                                    कैलालीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु
                                
                                
                                     एजेन्सी | २०७६ श्रावण १९  गते  १८:३५ मा प्रकाशित
                                    सुखड - कैलालीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ११ भलवामा माछा मार्ने क्रममा सोही ठाउका अन्दाजी ५० बर्षका लेदुराम चौधरीको आज मृत्यु भएको प्रहरीले जनाएको छ । सडकको किनार मै रहेको नालामा जमेको पानीमा माछा मार्ने क्रममा अचानक बेहास भएपछि उनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
मृतकका छोरा दिनेश चौधरीका अनुसार लेदुराम आज दिउँसो माछा मार्न घरबाट निस्किएका थिए । उनलाई विभिन्न समयमा मृगी समेत देखा परेको छोरा दिनेश चौधरीले बताए ।
नालामा माछा मार्ने क्रममा मृगीले बेहोस भएपछि नाक, मुख हिलो सहितको पानीमा निसासिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई पोष्टमार्टमको लागि अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरिक्षक हरिष शरण भट्टले जानकारी दिए ।