NCELL प्रकरणमा सरकारको निर्णय उल्टट्याउने न्यायाधीशको देशैभर पुत्ला दहन
एजेन्सी | २०७६ भाद्र १९ गते १४:३२ मा प्रकाशित
नेपाल कम्युनिस्ट पार्टीले आज एनसेलको फैसला उल्टाउने न्यायधिसहरुको देशैभरी पुत्ला दहन गरेको हो । दाङ लगायत देशैभरी एनसेलको फैसला उल्टाउने न्यायधिसहरुको पुत्ला दहन गरेको छ । सरकारको इसारामा आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै नेकपाले उपत्यका सहित देशैभर पुुुुत्ला दहन गरेको जनाएको छ ।
यसअघि नै घोषित कार्यक्रम अन्तरगत आज नेकपाले दाङ, चितवन, उदयपुर, सुनसरी, कैलाली, कालिकोट लगायतका जिल्लाहरुमा पुत्ला दहन गरेको सो पार्टीले जनाएको छ । दाङका १२ ठाउँमा फैसला उल्टाउने न्यायधिसहरुको पुुुुत्ला दहन गरिएको बताइएको छ । दाङ तुलसीपुरको अश्वारा, बबईको पञ्चकुले, गढवाको कालाकाटे, राजपुर, शान्तिनगर, रामपुर लगायत दर्जन ठाउँमा पुत्ला दहन गरिएको ने.क.पा. दाङले जनाएको छ ।
पञ्चकुलेमा पुत्ला दहनपछि भएको कार्यक्रममा बोल्दै १२ नम्बर सेक्रेटरी उर्जाले नेपालको कर प्रणाली ठूलाबडा भ्रष्ट कमिसनखोरी संस्थालाई छुट साना गरिबलाई लुट्ने काम भइरहेको बताए । एनसेल कर असुलीबारे सर्वोच्च अदालतका न्यायधिसहरुले गरेको निर्णय गलत भएको भन्दै भ्रष्ट, कमिसनखोरका विरुद्ध आन्दोलनमा उत्रिन जनतालाई अपिल गरे।
यस्तै सुनसरीका तीन स्थानमा पुत्ला दहन कार्यक्रम भएको खबर छ भने कैलालीको धनगढी, गोदावरी,मसुरिया,बर्दगोरिया,घोडाघोडी,लम्की,टिकापुर , जानकी, भजनी , कैलारी मा पुत्ला दहन गरेको नेकपाले जनाएको छ ।
यता नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले कालिका नगरपालिकाको क्लवचोकमा सो फैसला उल्ट्याउने न्यायधिसहरुको पुत्ला दहन गरेको छ । त्यस्तै ऐनसेल कर प्रकरणमा सर्वाेच्चले गरेको निर्णप्रति आक्रामक बनेको नेकपाले उदयपुरमा पनि न्यायधिसहरुको पुत्ला दहन गरेको छ । पुत्ला दहन कार्यक्रममा बोल्दै उदयपुरका पार्टी सेक्रेटरी प्रशान्तले खर्बो रुपैया कर छल्ने एनसेल लाई उदयपुर जिल्लामा जनता संग मिलेर निशेध गर्ने बताए ।
ऐनसेल कर प्रकरणमा सर्वाेच्चले गरेको निर्णप्रति आक्रामक बनेको नेकपाले नेता, मन्त्री र अदालत किनेर देशका विरुद्ध अपराध गर्ने एनसेललाई लगातार कारवाही गर्दै आएको छ । त्यही कारण उसले केपी सरकारको प्रतिबन्ध र दमन पनि झेलिरहेको छ ।
अदालतको यो निर्णयपछि नेकपा एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने निस्कर्षमा पुगेको बताइएको छ । नेकपाले सबै देशभक्त नागरिकहरुलाई एनसेललाई बहिस्कार गर्नेबारे सोच्न अपिल गर्दै एनसेलबाट अरबौं रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारवाही गर्नका लागि जनताहरु उठ्न आग्रहसमेत गरेको छ ।
कर असुलीबारे सर्वोच्चका न्यायधिसहरुले ऐनसेलले कर तिर्न नपर्ने गरि फैसला गरेपछि चरणवद्ध आन्दोलनमा उत्रिएको नेकपाले आज फैसला उल्टाउने न्यायधिसहरुको देशैभरी पुत्ला दहन गरेको हो ।