जनताले प्रहरीलाई सहयोग गर्नुपर्छः प्रहरी निरीक्षक चन्द
कैलाली पोष्ट | २०७६ भाद्र १९ गते १८:०२ मा प्रकाशित
शान्ति सु्रक्षा कायम गर्न प्रहरी र समुदाय मिलेर काम गर्नुपर्ने ईलाका प्रहरी कार्यालय मोतीपुरका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्द्रले बताएकाछन् । ईलाका प्रहरी कार्यालय मोतीपुरको समन्वय र लम्कीचुहा नगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको १३ औं राष्ट्रिय मानव बेचबिखन सम्बन्धी अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एबम् प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्द्रले प्रहरी र समुदाय मिलेर काम गर्नुपर्ने बताएका हुन । जनताले प्रहरीलाई सहयोग गर्नुपर्छ अनि मात्रै प्रहरीको अनुसन्धान सफल हुने बताए । समुदायको सहयोग बिना प्रहरीले मात्र एक्लै केही गर्न नसक्ने भएकोले समुदायमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र समुदाय मिलेर काम गर्दा बढी प्रभावकारी हुने उनले बताए । विगतका जस्तो प्रहरी देख्दा डर मान्नुपर्ने अवस्था छैन् । प्रहरी समुदायका साथी भएकाले प्रहरीले समुदाय प्रहरी साझेदारी र समुदाय टोल समिति कार्यक्रम संचालन गर्दै आएको उनले बताए ।
कार्यक्रममा प्रहरी नायब निरिक्षक जनक बहादुर सिंहले कार्यक्रमको बारेमा जानकारी दिदैें मानव बेचबिखन सम्बन्धी कानूनी ब्यवस्थाको बारेमा बताएका थिए । लम्कीचुहा नगरपालिकामा मानव बेचबिखन सम्बन्धी ३ मुद्वा दर्ता भएकोमा २ वटा मुद्वाको अभियुक्त फरार रहेको र एउटा मुद्वाको अभियुक्तले सजाय भोगीरहेको सिंहले बताए ।
कार्यक्रमका सहभागीहरुले प्रहरीलाई सहयोग गर्ने बताउँदै प्रहरीले पनि स्वतन्त्र पूर्वक जनताको मन जित्ने गरी निष्पक्ष भएर काम गर्नुपर्ने सुझाब दिएका थिए । कसैको दबाब र प्रभावमा रहेर प्रहरीले काम गर्नु हुदैन । राम्रो काम गर्ने प्रहरीलाई जनताले साथ दिने कार्यक्रमका सहभागीले जोड दिएका थिए । समाजसेवी दल बहादुर रावलले बजारमा देह ब्यापार मौलाएकोले देह ब्यापार गर्ने र गराउने लाई प्रहरीले कारबाही गर्नुपर्ने बताए । कार्यक्रमका सहभागी चक्र देउवाले कानुन कसका लागि बनेको हो भन्ने प्रश्न गर्दै सर्वसाधरणको पक्षमा कानुन पनि नरहेको र प्रहरीले पनि साथ नदिएको आरोप लगाए ।
मानव अधिकारकर्मी तथा पत्रकार धनराज विकले मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्धन सूगै मानव अधिकारको कार्यान्वयन गर्ने दायित्व राज्यको भएकोले समुदायमा शान्ति सुरक्षा स्थापना गर्न प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए । प्रहरीको काम गर्ने शैलीमा जनताको अविश्वास बढ्न नदिन प्रहरीले कानुन बमोजिम सही काम गर्नुपर्ने बताउँदै प्रहरीलाई जनताको पूर्ण सहयोग रहने उनले बताए ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नेत्र मगरले समुदाय स्तरमा कार्यक्रम बिस्तार गर्न सहयोग गर्ने बताए । सबै मिलेर समाज विकासमा एक भएर लाग्नु पर्नेमा उनले बताए । समाजसेवी जुगराम चौधरीले बालबालिका बेचबिखन हुने बढी सम्भावना रहेको सरोकारवाला सबैले चनाखो हुनुपर्ने बताए । त्यसैगरी समाजसेवी भरत बिकले वैदेशिक रोजगारमा हुने मानव बेचबिखन पनि समस्या बढ्दै गएको बताए ।
कार्यक्रमका सहभागी शिक्षक प्रताप सिंह थापा, सामाज सेवि खन्टे खत्री, रतीलाल बिक, बिस्ना बिनाडीले समाजमा लागुऔषध र दुब्र्यसनी बढ्दै गएकोले समाजमा हुन सक्ने आपराधिक घनना लाई रोक्न प्रहरीको भूमिका प्रभावकारी हुनुपर्ने बताए । नेपाली काँग्रेसका प्रतिनिधी करणसिंह साउँद र नेकपाका ढक बहादुर बिक, कार्यापालिका सदस्य भिमा चौधरी, वडा सदस्य जमान सिंह देउबा र प्रबल रोकायाको उपस्थिती रहेको थियो । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नेत्र मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रहरी सहायक निरिक्षक बर्म बहादुर रोकायाले गरेका थिए ।