लम्कीचुहा
अनुदानमा खेतीका लागि लम्कीचुहाले माग्यो आवेदन
प्रशासक | २०८२ असोज २१ गते १५:०७ मा प्रकाशित
अक्षर साथी
लम्की/असोज २१
कैलालीको लम्कीचुहा नगरपालिकाले अनुदानमा खेती गर्नको लागि कृषकहरूबाट आवेदन माग गरेको छ ।
मंगलवार एक सूचना प्रकाशन गर्दै अनुदानमा आलु खेती,गहुँबाली, लसुन खेती र च्याउ खेतीका लागि कृषक, कृषि समूह, कृषि फर्म र कृषि सहकारीलाई यही असोज ३० गतेसम्म आवेदन दिन आह्वान गरेको छ ।
सूचनाअनुसार आलु बाली विकास कार्यक्रम (बढिमा ४ प्याकेज), गहुँ बाली विकास कार्यक्रम (बढिमा ४ प्याकेज), मसला (लसुन) खेती प्रोत्साहन कार्यक्रम र च्याउ खेती कार्यक्रमका लागि आवेदन माग गरिएको छ ।
नगर पालिकाका कृषि प्राविधिक सुरेश ढुङ्गानाका अनुसार आलु र गहँु खेतीमा ५० प्रतिशत, च्याउ खेतीमा ८५ प्रतिशत अनुदान दिइने छ भने लसुन खेतीमा प्रति कठ्ठा रु.२ हजारका दरले नगद अनुदान दिइने छ ।
आवश्यक कागजात
- कार्यक्रम माग सम्बन्धि निवेदन
-सम्बन्धित वडा कार्यालयको सिफारिस ।
-खेती गरेको जग्गाको लालपूर्जाको फोटोकपी, ऐलानी जग्गाको हकमा वडाको सिफारिस, जग्गा भाडामा भए कम्तीमा ५ वर्ष -सम्झौताको प्रतिलिपी तथा जग्गा दस्तुर तिरेको रसिद ।
-समूह, सहकारी तथा कृषि फर्मको हकमा प्रमाण पत्रको प्रतिलिपी, कार्यक्रम माग सम्बन्धी समूह तथा सहकारीको निर्णयको प्रतिलिपी, सम्बन्धित सबैको नागरिकताको प्रतिलिपी ।
-व्यावसायिक रुपमा खेती गर्ने कृषक समूह, कृषि सहकारी तथा कृषि फर्महरुलाई प्राथमिकतामा राखिनेछ ।
कृषि प्राविधिक ढुङ्गानाका अनुसार इच्छुक किसानले आवश्यक कागजात सहित लम्कीचुहा नगरपालिकाको कृषि विकास शाखामा यही असोज ३० गतेसम्म आवेदन पेश गर्न सक्ने छन् ।