नगरपालिका स्तरीय कार्यक्रम र प्रक्रिया विषयमा अभिमुखिकरण
विशाल पाण्डे | २०७६ भाद्र २४ गते १९:०९ मा प्रकाशित
नगरपालिका स्तरीय कार्यक्रम ,कार्यनीति र प्रक्रिया विषयमा अभिमुखिकरण गोष्ठी कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा सम्पन्न भएको छ ।
परिवर्तनका लागि कार्यरत युवा समूह (याक) नेपालको आयोजनामा मंगलबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा याक नेपालका कार्यकारी निर्देशक डबल बमले
खाद्य अधिकारका लागि पहुँच नभएका समुदाय तथा खान नपुग्ने परिवारलाई उत्पादनको स्रोतमा पहुँच पुर्याएर खाद्य सम्प्रभुताको सुनिश्चता गर्न याक नेपालले माग गरिरहेको बताए । समुदायमा काम गर्ने क्रममा सरकारले प्रवाह गर्ने सेवा सुबिधाका बारेमा स्थानीयहरु जानकार नभएको र सरकारले पनि लक्षित वर्गसम्म सुचना प्रभावकारी रुपमा सम्प्रेषण नगरेको अवस्था देखिएकाले अभिमुखिकरणको आयोजना गरिएको निर्देशक बमले बताए ।
कार्यक्रममा याक नेपालका कार्यक्रम अधिकृत सर्जु प्रसाद चौधरीले घोडाघोडी नगरपालिकामा ३ वटा मुद्दाहरुमा काम गरिरहेको बताए । नगरपालिका वडा नं १२ मा कोटाझाला तथा बनबर्षा लगायतका ठाउँमा मुक्त कमैया , सुकुम्बासी लगायतका घर परिवारहरु बाढिको जोखिममा परेको जानकारी दिए । २०६४ सालको बाढिले बनबर्षामा ५८ घरपरिवार बिस्थापित बनेको जानकारी दिदै चौधरीले कोटाझालामा ९२ घरपरिवार जग्गा भएपनी पुर्जा नहुदा मल ,बीउ लगायतको सुविधा बाट बन्चित भएको बताए । यस्तै वडा नं ४ मा ८५ बिगाहा खेतीयोग्य जमिन भएपनी आर्थिक अभावका कारण सिचाइ नभएपछि उत्पादनमा ह्रास आइ खाद्य अधिकारबाट बन्चित भएको समेत जानकारी दिए ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले आफुले पाएको सुचना समुदायका अन्य ब्यक्तिलाई नभन्ने परिपाटीले प्रभावकारी संचार नदेखिएको बताए । घोडाघोडी नगरपालिकाले शिक्षा ,स्वास्थ ,कृषि लगायतका विभिन्न क्षेत्रमा लगानी लगाएर कार्यक्रमहरु गरेपनी स्थानीयले सुचना नपाउदा पछि परिने हुदा स्थानीय बासिन्दाहरुले आ-आफ्नो वडामा गएर सबै कुराको जानकारी लिनु पर्ने बताए ।
समुदायको विकासमा जनताले चासो नदिने परिपाटीले आयोजनाको काम दिगो र प्रभावकारी हुन नसक्ने भन्दै अधिकृत सिंहले सरकारका हरेक गतिबिधि र समुदायमा हुने सामान्य काममा समेत जनाताले चासो दिने बानीको बिकास गर्न आवश्यक रहेको बताए । सिंहले नगरपालिका आगामी योजनाहरु गर्दा कार्यतालिका बनाएर काम गर्ने बारेमा छलफल चलिरहेको जानकारी दिए । उनले भने ," नगरपालिकाबाट हुने विभिन्न किसिमका योजनाहरु के कति समयमा सम्पन्न गर्ने ? , कस्ले सम्पन्न गर्ने ? र सम्पन्न नगरेको उपभोक्ता वा ठेकदारलाई के कारबाही गर्ने ? भन्ने छलफल चलिरहेको छ ।" घोडाघोडी नगरपालिकामा रहेका १२ वटै वडाहरुमा शिक्षा ,स्वास्थ ,खानेपानी ,कृषि लगायतका समस्याहरु कुनमा कति छ भन्ने कुरा दुई हप्ता भित्र नगरपालिकाको वृत्तचित्र (प्रोफाइल) सार्वजनिक गरि त्यै अनुसार कार्यक्रमहरु गर्ने बताउदै सिंहले कार्यविधी बनाएर प्रती जग्गाको समेत मालपोत तिर्ने व्यवस्था मिलाउने बताए ।
घोडाघोडी नगरपालिकाका विभिन्न शाखाहरुद्बारा आर्थिक बर्ष २०७६/०७७ मा गरिने कार्यक्रम र प्रक्रियाका बारेमा समेत जानकारी गराइएको कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं १२ र ४ का स्थानीय तथा
याक नेपालका अध्यक्ष बलबहादुर रोकाया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण याक नेपाल खाद्य अधिकार सवलिकरण परियोजना वरिष्ठ अधिकृत देवी खनालले गरेका थिए ।