समाचार
कचाली शिक्षा सदन हस्तान्तरण , कचालीको विकासका लागि सदैव तयारः सासंद ओली
कैलाली पोष्ट | २०७६ असोज २६ गते ११:५६ मा प्रकाशित
राष्ट्रिय सभा सदस्य कमला कुमारी ओलीले कचालीको विकासका लागि आफु सदैव तयार रहेको बताउनुभएको छ ।
कैलाली महोन्याल गाउँपालिका वडा नंम्बर ७ कचालीमा शनिबार सामाजिक अभियन्ता द्धारा निमार्ण गरीएको कचाली शिक्षा सदनको शुभारम्भ कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कमला कुमारी ओलीले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएको ओलीले आफ्नो पारिश्रमिक बाट कचाली शिक्षा सदनमा अध्यन गर्ने विद्यार्थीका लागि विद्यालय पोशाक प्रदान गर्ने कुरा बताउनुभयो । राष्ट्रिय सभा सदस्य ओलीले आफ्नो भनाई राख्दै भन्नुभयो “ कचाली सहित महोन्याल गाउँपालिका मेरा सदैव बिषेश छ । यस क्षेत्रमै रहेर यसको विकासका लागि म हरदम तयार छु । सामाजिक अभियन्ताको कारणले आज यहाँ सुविधायुक्त विद्यालय निमार्ण भएको छ । अब यसको संरक्षण तथा ब्यबस्थापनका लागि स्थानीय सरकार संग समन्वय गरेर आवश्यक बजेट विनियोजन गर्न पहल गरीने छ ” .
कार्यक्रमका विशिष्ट अतिथी तथा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य रतन थापाले सामाजिक अभियन्ताले झुप्रोमा रहेका विद्यार्थी लाई पक्की भवनमा ल्याउन सफल भएको बताउदै समाजिक अभियन्ताको प्रशंसा गर्नुभयो । सासंद रतन थापाले सामाजिक विकासमा सामुहिक भावना बढानउनु पर्ने बताउदै प्रदेश सरकारको मार्फत विद्यालयको स्तरीकरण तथा ब्यबस्थापनको लागि धेरै मात्रामा बजेट विनियोजन गरीसकेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी तथा कैलाली जिल्ला समन्वय समितिका सभापति सुर्य बहादुर थापाले विद्यालय निमार्णमाको लागि आभियान चलाएका सामाजिक अभियन्ताको प्रशंसा गर्दै आफु पनि सानै उमेरमा सामाजिक अभियन्ता रहेको बताउनुभयो । बाँकामा निजी पुल निमार्ण गरेको प्रशंग निकाल्दै विकासका लागि नेता हुनै पर्ने कुरा नरहेको बताउनुभयो ।