लम्कीचुहा
पिपुल्स सामुदायिक अस्पतालको दुई दिने निःशुल्क स्वास्थ्य शिविर आज बाट शुरु
कैलाली पोष्ट | २०७६ असोज २३ गते १२:१८ मा प्रकाशित
कैलालीको लमकीचुहा नगरपालिका, लम्कीमा रहेको पिपुल्स सामुदायिक अस्पतालको दुई दिने निःशुल्क स्वास्थ्य शिविर आज बाट शुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण बहादुरले उद्धघाटन गर्नुभएको कार्यक्रममा प्रदेश सभा सदस्य रतन थापा, जिल्ला समन्वय समिति कैलालीका सभापति सुर्य बहादुर थापा, लम्कीचुहा नगरपालिकाका उप–प्रमुख टीका थापा, लम्की बहुमुखी क्याम्पसका अध्यक्ष बखत बिष्ट लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश सामाजिक मन्त्री कृष्ण बहादुर सुवेदीले राज्यको लगानी विनानै अस्पताले गरेको कामको प्रशंसा गर्दै अब प्रदेश सरकारले पनि सामुदायिक अस्पतालहरुको आवश्यक बजेट विनियोजन गरेको बताए । अमेरीकाबाट सहयोगको भावना लिएर आएको डाक्टरहरुको टोलीलाईहरु धन्यबादको पात्र रहेको बताउनुभयो ।
प्रदेश सभा सदस्य रतन थापाले डाक्टरहरुको टोली लाई सम्बोधन गर्दै सहयोगी भावना देखाउनु भएकोमा कृतज्ञता प्रकट गरे ।
त्यसैगरी जिल्ला समन्वयका सभापति सुर्य बहादुर थापाले पिपुल्स सामुदायिक अस्पतालले गरेको काम उल्लेखनिय भएको बताउदै एक अर्कामा सहयोगी भावना बढाउनु पर्ने बताउनु भयो ।
लम्की बहुमुखी क्याम्पसका अध्यक्ष बखत बिष्टले मानविय सेवा भन्दा ठुलो अरु कुनै धर्म नहुने बताउदै पिपुल्स सामुदायिक अस्पतालले सो काम गर्न सफल भएको बताउनु भयो ।
ट्रान्फरमेशन नेपालको सहयोगमा अमेरीकी विषेज्ञ डाक्टरहरुको टोलीले निःशुल्क रुपमा आज र भोली छाला तथा हाड जोर्नी सम्बन्धि चेक जाँच गर्ने सामुदायिक अस्पतालका अध्यक्ष नेत्र प्रसाद खनालले जानकारी दिनुभयो ।