कलिला बिद्यार्थीको स्वास्थ्यमाथी खेलवाड
प्रिन्स बि.क | २०७६ मंसिर २ गते १८:०४ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपालिकाका सामुदायिक विद्यालयमा कलिला बिद्यार्थीहरुको स्वास्थ्य माथि खेलाबाड भईरहेको पाईएको छ ।
कक्षा पाँच सम्म अध्यन गर्ने बालबालिका लाई सरकारले दिवा खाजका लागि भनेर विद्यालयहरुलाई बर्षेनी करोडौं रुपैया अनुदान दिएपनि बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक मिलेर निजी स्वार्थका लागि दिवा खाजामा बजारको तयारी खाजा खिलाएर स्वास्थ्यमा खुलेआम रुपले खेलबाड गरीरहेका पाईएको हो ।
दिवा खाजा सम्बन्धीको कार्यविधी “सामुदायि बिद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम संचलान कार्यविधी २०७३” को दफा ३ को उपदफा २ मा बजारका तयारी अवस्थामा रहेका खाद्य सामाग्रीको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने ” भनि उल्लेख गरेको पाईन्छ । कानूनीरुपमा स्पष्ट व्यवस्था भएपनि सरोकारवाला निकायले समय–समयमा अनुगमन अनुगमन नगर्दा विद्यार्थीहरु लाई कमसल र गुणस्तरहिन खानेकुरा दिईरहेको छन् भने जस्को प्रभाव प्रत्यक्षरुपमा विद्यार्थीहरु शाररीक बृद्धि र दिमागी विकासमा परीरहेको छ ।
नगरपालिकाका कतिपय विद्यालयहरुले तीन महिना सम्म एक दिन आगो नबालेर विद्यार्थीलाई दालमोठ र तयारी भुजा दिएका छन् । जंक फुडले गर्दा विद्यालयका कलिला बालबालिकाहरुको स्वास्थ्यमा सुस्तगतीमा परिरहेको असरबारे बोल्न भने कुनै निकाय चाहेको छैन् ।
जंक फूड त्यसलाई भनिन्छ, जसमा अत्याधिक मात्रामा खराब पोषणयुक्त चिज, ट्रान्स फ्याट, चिनी, सोडियम र अनेक किसिमको रसायन हुन्छ । खासगरी जंक फूडलाई स्वादिलो, आकर्षक बनाउनका लागि त्यसमा केही किसिमको खाद्य पदार्थ र रंग मिश्रण गरिन्छ ।
चाउचाउ, कुरकुरे,भुजा,दालमोठ, आलु चिप्स, विस्कुट, लेज, कोल्ड ड्रिंक, पिज्जा, बर्गर, मम, चाउमिन, डोनट, पपकर्न, फ्रेन्च फ्राइज सबै जंक फूड हुन् । बजारमा पाइने तयारी अधिकांश खाद्य पदार्थ जंक फूड ले शरीरमा पोषणको अभाव गराउँदछ । किनभने जंकफूडमा पोषक तत्व हुँदैन । विभिन्न अध्ययनबाट के थाहा भइसकेको छ भने, जुन बच्चा अत्याधिक मात्रामा जंक फूड सेवन गर्छ, उनीहरु मधुमेहको चपेटामा पर्छन् । जब मधुमेहको समस्या हुन्छ, जीवनभर त्यसबाट छुटकारा पाउन सकिदैन भने यस्तो एक किसिमको सुस्त जहर विद्यार्थीलाई खिलाई रहँदा पनि सरोकारवाला निकाय मौन छ भने विद्यालय प्रशासन भने दालमोठ भुजा र बिस्कुट खिलाईरहेका छन् ।
लम्कीचुहा नगरपालिकाले यस आथिर्क बर्ष २०७६÷०७७ “तोकिएका विद्यार्थी दिवा खाजाको विद्यालयलाई अनुदान” शिर्षकमा ३ करोड ८१ लाख ४९ हजार रुपैया विनियोजन गरेको छ । गत बर्ष पनि बिद्यालयमा दिवा खाजाको रुपमा चिउरा भुजा दिईदै आएको थियो तर नगर पालिकामा बिल पेश गर्दा विद्यालयहरुले स्याउ,सुन्तला,दुध, चना सहितको बिल पेश गरी भुक्तानी लगेका थिए ।
विद्यार्थीहरुको स्वास्थ्य एवम् पोषणको विद्यमान स्थितीमा सुुधार ल्याउन, कक्षामा विद्यार्थीहरुको उपस्थिीती दरमा बृद्धि गराउन र सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउने उद्धेश्य सहित वि.सं २०५८ बाट विद्यालयहरु लाई दिवा खाजा दिदै आएको छ ।
“सामुदायिक बिद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम संचलान कार्यविधी २०७३” को दफा ३ मा विद्यालयमा दिईनुपर्ने खाजाको परिकारको बारे व्यवस्था गरेको छ । दफा ३ को उपदफा १ मा स्थानीय स्तरमा उपलब्ध हुने खाद्य सामाग्रीबाट तयार गरेर विद्यार्थीहरु लाई दिवा खाजा खुवाउनुपर्ने छ भनि भनेको छ । कार्बोहाईट्रेट समुहमा चामल,गहुँ,कोदो,फापर जस्ता खाद्य पदार्थ,प्रोटिनको समुहमा गेडागुडी,मासु, अण्डा, मिनरलमा हरीयो सागपात, भिटामिन मिनरल स्याउ, सुन्तला, जुनार लगायतका , चिल्लो पदार्थमा घियू, दुध, दहि लगायतका सामाग्रीको प्रयोग गरी विद्यार्थीहरुका लागि दिवा खाजा तयार गर्नुै पर्दछ तर, लम्कीचुहा नगरपालिकाका अधिकांश दिवा खाजा दिईंने विद्यालयमा दालमोठ, बिस्कुट दिईने गरेको पाईएको छ । कतिपय दिवा खाजा विद्यालयमा भने नयाँ शैक्षिक सत्र शुरु भए देखिनै दालमोठ, बिस्कुट खिलाईरहेका छन् ।
लम्कीचुहा नगरपालिका ६ मा रहेको जनहित आधारभुत विद्यालयका एक विद्यार्थीले नयाँ शैक्षिक सत्र शुरु भएदेखि अहिलेसम्म दिवा खाजामा “चना” नदिएको बताए पनि विद्यालयका शिक्षकहरु भने दैनिक दिवा खाजामा “चना” दिईनेगरेको भनि दाबि गरीरहेका थिए । त्यस्तै लम्कीचुहा नगरपालिका वडा नंम्बर ५ को ज्ञानदोय आधारभुत विद्यालयले विद्यार्थीहरु लाई दिवा खाजा नियमितरुपमा पनि नदिएको विद्यार्थीहरुको गुनासो रहेको छ । तर, विद्यालयका प्रधानाध्यापक रण सिंह रावलले शिक्षा शाखाले समयमै भुक्तानी नदिएर विद्यार्थीहरुलाई निरन्तर दिवा खाजा खिलाउन समस्या भएको बताउँछन् ।
तर, पनि नगरपालिकाका अधिकांश दिवा खाजा खिलाउने विद्यालयमा शिक्षक तथा कर्मचारीको लापरवाहीले गर्दा कलिला विद्यार्थीहरु लाई सुस्त जहर दिईरहेका छन् ।
यसै सन्दर्भमा लम्कीचुहा नगरपालिकाको शिक्षा शाखाले भने दिवा खाजामा बिस्कुट भुजा दिने नमिल्ने बताउदै अनुगमन गरेर कारवाहीको दायरामा ल्याउने जानकारी दिएको छ भने लम्कीचुहा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा लम्कीचुहा नगरपालिका वडा नंम्बर १ का अध्यक्ष जनक बमले कैलाली पोष्ट बाट नै विद्यालयमा भएको गतिविधी बारे थाहा पाएको बताउँदै अब दिवा खाजा बारे विद्यालयमा अनुगमन तिव्र पारीने जानकारी दिए । अनुगनको क्रममा विद्यालयममा विद्यार्थीहरुलाई अखाद्य बस्तु दिएको फेला पारेमा तथा नियमितरुपमा दिवा खाजा विद्यार्थीहरु लाई नदिएको खण्डमा कानून बमोजिम आवश्यक काम कारबाही अगाडी बढाउने बताए ।
त्यस्तै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाईले देशका लागि भविष्यका कर्णधार तथा देशका आशलाग्दा भरोसा केन्द्र कलिला बालकालिकाहरुको स्वास्थ्य माथिको खेलवाड आफुलाई कदापी सह्य नहुने बताउँदै तत्काल शिक्षा शाखालाई यस सम्बन्धि यर्थात विवरण माग्ने बताए । विद्यालय प्रशासननले कलिला विद्यार्थीहरुलाई अखाद्य जंक फुड दिएको पाएमा विद्यालको अनुदान रोक्ने देखि लिएर आवश्क सबै कदम अगााडी बढाउने बताए ।