खेलकुद
चौथो प्याप्सन कप २०७६ सुरु
एजेन्सी | २०७६ मंसिर ५ गते १७:२३ मा प्रकाशित
मंगल बास्कोटे लम्की–५ मंसिर
कैलालीको लम्कीमा आजबाट चौथो प्याप्सन कप २०७६ सुरु भएको छ । यस क्षेत्रमा रहेका संस्थागत बिद्यालयको एक जुट र बिद्यार्थीहरुको सर्वाङ्गीण बिकास गर्ने उदेश्य सहित वडा नं.४ कौवापुर खल्ला खेलमैदानमा बिहिवारबाट प्याप्सन कप २०७६ सुरु भएको हो । प्याप्सन कपको उद्घाटन गर्दै लम्कीचुहा नगरपालिका नगर प्रमुख महादेब बजगाईले क्रिकेट सम्भावनाको खेल भएको हुदा यस्ता खेललाई प्रथामिता दिनु पर्ने बताउनु भयो ।प्रत्येक बर्ष आयोजाना गरिने प्याप्सन कपले बालबालिकाको बिकास संगै राम्रो खेलाडी उत्पादनमा टेवा पुग्ने आशा ब्यक्त गर्नु भयो ।प्याप्सन कपको पुर्ण सफताको कामना गर्दै यस्ता खेलकुद गतिविधिका लागी नगरपालिका सदैब तत्पर रहेको आश्वास दिनु भयो । प्याप्सन लम्कीचुहा नगरपालिका अध्यक्ष गोबिन्द शाहको अध्यक्षतामा आयोजना गरिएको उद्घाटन कार्यक्रमका बिशिष्ट अथिति वडा नं.४ का वडा अध्यक्ष लाल बहादुर बोगटी,प्याप्सन प्रदेश सचिब डिल्ली राम बोहरा अथितिमा जिल्ला उपाध्यक्ष हेमन्त बस्नेत,वडा नं.४ का वडा सदस्य तारा प्रसाद अधिकारी,शिक्षक महासंघ लम्कीचुहा अध्यक्ष राम प्रसाद तिमिल्सेना लगाएतका रहनु भएको थियो । प्याप्सन कप २०७६ मा लम्कीचुहा नगरपालिका भित्रका संस्थागत मा.बि १३ र नि.मा.बि ८ गरि २१ वटा बिद्यालयको सहभागीता रहेको छ। बिहिवारबाट सुरु भएको प्याप्सन कप मंसिर १६ गते सम्म सञ्चालन हुने छ । प्याप्सन लम्कीचुहाका उपाध्यक्ष मोहन ढुङ्गानाको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रम सचिव भुपेन्द्र तिमिल्सेनाले गर्नु भएको हो । प्याप्सन कपको उद्घाटन खेल कैलाली पब्लिक भल्का र पानस दीप स्कुल लम्की बिच प्रतिस्पर्धा भएको थियो । जस्मा कैलाली पब्लिक स्कुल गणेशपुर ८ विकेटले बिजयी भएको त्यहाबाट कोषाध्यक्ष रज बहालुर थापाले जानकारी दिनु भएको छ ।