समाचार
दुर्घटना न्युनिकरणका लागी नागरिक आफै सचेत हुनुपर्ने: सुदुर पश्चिम ट्राफिक प्रहरी प्रमुख
एजेन्सी | २०७६ मंसिर ५ गते १७:२९ मा प्रकाशित
नवराज खनाल
कैलाली कार्तिक ८
सुदुर पश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले दुर्घटना न्युनिकरणका लागी नागरिक आफै सचेत हुनुपर्ने सुझाव दिनु भएको छ । बिहिबार आज कैलालीको लम्कीमा समुदाय प्रहरी साझेदारी डमी ट्राफिक जनचेतना कार्यक्रमको उदघाटन समारोह लाइ सम्बोधन गर्दै श्रेष्ठेले आफु सुरक्षित भए अरुलाई पनि सुरक्षित स्थानमा पुरयाउन सकिने भएकाले चालक सचेत हुनु पर्ने धारणा राख्नु भयो उहाले सडकको अवस्था नाजुक बन्दै गएकाले दुर्घटना न्युनिकरण गर्न सडक सुधारमा ध्यान दिनु पर्ने बताउदै रातीको समयमा बढी दुर्घटन्ाँ हुने भएकाले राती सवारी चलाउदा गति नियन्त्रणमा ध्यान दिन सबै संग आग्रह गर्नु भयो ।
ट्राफिक प्रहरी र नागरिकको सम्बन्ध नङ र मासु जस्तै हुनु पर्ने बताउदै नागरिकले मात्र नभइ ट्राफिकले पनि नागरिकको नजिक हुनुपर्ने लम्कीचुहा नगर पालीका वडा न २ का वडाअध्यक्ष बिष्णु ढकालले बताउनु भयो । नियमको पालना गर्नु सभ्य नागरिकको पहिचान भएकाले ट्राफिक नियमको पालना सबैले गर्नुपर्नेमा जोडदिदैै नियमको पालना गर्न सबैलाइ आग्रह गर्नु भयो ।
डमी कार्यक्रमको आयोजना लम्की ट्राफिक कार्यालयले कैलालीले गरेको थियो ।