खेलकुद
पाचौं जेटि कप : सहारा घरमा सहयोगार्थ च्यारिटी म्याच सम्पन्न
एजेन्सी | २०७६ मंसिर ५ गते १७:२५ मा प्रकाशित
बौनिया मङ्सिर ५ कैलालीको बर्दगोरिया गाउपालिका मुडा बजारमा जारी जेटि कृकेट कप २०७६ मा आज बर्दगोरियामा अवस्थित सहारा घरमा सहयोगार्थ च्यारिटी म्याच सम्पन्न भएको छ । च्यारिटी म्याच अफिसियल का बिरुद्ध डि ब्रदर्श गार्मेन्ट कोहिली भुरुवाका बिच सम्पन्न भएको हो । जगत तारा ईङ्लिस बोर्डिङ स्कुलले सहारा घरमा सहयोग गर्ने उद्देश्यका साथ च्यारिटी म्याचको आयोजना गरेको हो । सहारा घरमा असाय,अपांग र अनाथहरु बस्दै आएका छन । अफिसियल र डि ब्रदर्श गार्मेन्ट बिच भएको टि १० मा डि ब्रदर्श गारमेन्ट ७ बिकेटले बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आयोजक अफिसियल जेटि ले निर्धारित १० ओभर खेल्दै ७ बिकेट गुमाउदै ६९ रन बनाउन सफल भएको थियो । आयोजक अफिसियल तर्फ बाट बिधालयका संस्थापक एकेन्द्र मल्ल,पृन्सिपल मनोज कुमार पन्त लगाएतकाले खेलेका थिए । आयोजक अफिसियलका तर्फ बाट पदम राज ओझाले २० बलमा ३ चौकाको मदतमा २३ रनको योगदान गरेका थिए । ७० रनको बिजयी लक्ष्य लिएर मैदान गएको डि ब्रदर्श गार्मेन्ट निर्धारित १० ओभर मध्य ७.२ ओभर खेल्दै ३ बिकेट गुमाउदै लक्ष्य भेटाउन सफल भएको थियो । डि ब्रदर्शका तर्फ बाट अमित बुढा २५ रनको योगदान गरेक थिए । डि ब्रदर्शका तर्फ बाट रमेश भुलले ३ बिकेट लिएका थिए । उनि म्यान अफ द म्याछ बन्न सफल भए । च्यारिटी म्याचका लागी बौनियामा रहेको होटेल प्रमोद र धमाला बस्त्रालयले सहयोग गरेका थिए । अब सो सहयोग सहारा घरमा समापन समारोहका दिन सहयोग गर्ने मनोज कुमार पन्तले जानकारी दिए । यसै गरि आज भएको अन्तिम सेमिफाईनल खेलमा क्याम्बृज बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको क्याम्बृज बलियाले निर्धारित २० ओभर मध्य १७.२ ओभर खेल्दै अल आउट हुदै ७० रन बनाउन सफल भएको थियो । क्याम्बृजका लागी शुसान्त धमालाले १७ रन बनाएका थिए । क्याम्बृजलाई सस्तैमा रोक्ने क्रममा कालिकाका दिपक साउदले ४ ओभरमा १२ रन खर्चैदै ६ बिकेट लिन सफल भएका थिए । ७१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको कालिका निर्धारित २० ओभर मध्य १४ ओभर खेल्दै अल आउअट हुदै ४८ रन मात्र बनाउन सक्यो र २२ रनको हार ब्यहोर्न बाध्य भएको । क्याम्बृजलाई जित दिलाउने क्रममा बिष्णु शाही र मिलन खडकाले समान ३/३ बिकेट लिन सफल भएका थिए । ४ ओभरमा १२ रन खर्चिदै ६ बिकेट लिएका कालिकाका दिपक साउद म्यान अफ द बन्न सफल भए । क्याम्बृज जित संगै फाईनल पुग्न सफल भएको छ । अब उपाधिका लागी बाल बाटिका बौनिया र क्याम्बृज बलिया सनिवार बिहान १० बजे प्रतिस्पर्धा गर्ने निर्देशक जिबन सुनारले जानकारी दिएका छन ।