लम्की–टीकापुर सडक निमार्णका लागि टेण्डर आह्वान, ३ किमी ४ लेनको हुने
कैलाली पोष्ट | २०७६ मंसिर २७ गते १६:१४ मा प्रकाशित
लम्की देखि टीकापुर जाने बाटोको दुगर्ती भएको धेरै सयम बित्यो । सडकको दुरगर्तीको कारणले गर्दा कतिले दुर्घटनामा परि अकालमा ज्यान गुमाउनु समेत परेको थियो । तर ,अब भने कैलालीको पूर्वि क्षेत्रका जनताको ठूलो मागका रुपमा रहेको लम्की टीकापुर खक्रौला सडक निर्माण हुने निश्चित भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको हुलाकी सडक निर्देशनालयद्धारा शुक्रबार सो सडक खण्ड निमार्णको लागि १ अर्ब ९५ करोड रुपैयाँ बराबरको टेण्डर प्रकाशन गरेपछि सडक निमार्णको काम हुने लगभग निश्चत भएको हो ।
मन्त्रालय टेण्डरमा सो सडकलाई तीन भागमा विभाजन गरि सूचना प्रकाशित गरेको छ ।
“सडकलाई छिटो निर्माण सम्पन्न गर्नका लागि तीन भागमा विभाजन गरेर सूचना प्रकाशित भएको हुन सक्छ ” हुलाकी सडक निर्देशनालय अन्तरको धनगढी कार्यालयका इन्जीनियर पदम मडाईले बताए ।
सो सडक योजना अन्तरगत लम्की देखि दक्षिण तर्फ १ दशमलब ५ किलोमिटर र टीकापुर देखि उत्तर लम्की तर्फ १ दशमलब ५ किलोमिटरमा ४ लेनको बन्ने र बाँकी २ लेनको बन्ने हुलाकी सडक निर्देशनालय जनाएको छ ।
४ लेन बन्ने ठाउमा १४ मिटर पिच ३ मिटर बिचमा र छेउतिर २÷२ मिटर ग्राभेल गरी १९ मिटरको सडक बन्ने र डबल लेन बन्ने बाँकी बोटो ७ मिटर पिच र छेउमामा २ दशमलब ५ दुबै ग्राभेल हुने गरी १२ मिटरको सडक हुने जनाइएको छ ।
स्थानिय जनताको माग पछि कैलाली क्षेत्र नं.२ का साँसद झपट बहादुर रावलले केन्द्रमा पहल गरि रहनुभएको थियो भने लम्कीचुहा टीकापुर नगरपालिका तथा जानकी गाँउपालिकाहरुले स्थानिय स्तरबाट समन्वय गरिरहेका थिए । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले समय समयमा आफ्ना क्षेत्रका प्रतिनिधी सभाका सांसद झपट ब. रावललाई यस बिषयमा छलफल तथा समन्वय समेत गर्दै आएका थिए ।
केन्द्रमा रावलको पहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिवहरुले हुलाकी सडक निर्देशनालयलाई सर्वेका लागि निर्देशन दिए पछि डिटेल सर्वेका लागि आएको कन्सल्टेण्ट टोली स्थानिय सरकारसँग सहकार्य गरेर काम गरेको थियो । सो सडक निर्माणका लागि गत वर्ष टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा भएको टीकापुर महोत्सवमा तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई एक सूत्रिय माग पेश गरिएको थियो ।
यो सडक निमार्णका व्यापकरुपमा पहल गर्दै आईरहेको कैलाली क्षेत्र नं २ का प्रतिनिधि सभाका सासंद झपट बहादुर रावलले २७ दशमलब ५ किलोमिटर सडकको एक मात्र भाग गरेर टेण्डर गर्दा ठूलो देखिने हुदाँ र ठुला योजना निमार्णमा ढिला सुस्ती हुनेभएकाले आफ्नो आग्रह अनुसार नै निर्देशनालयले सोहि बमोजिम सडक लाई तीन खण्डमा विभाजन गरी टेण्ठर आह्वान गरेको बताए ।
सासंद रावलले जनता र संचारकर्मीले बारम्बार यस बिषयमा आफुलाई दबाब दिदै आएको र यसका लागि आफु पनि गम्भिर ढंगबाट लागेकोले आज लम्की टीकापुर खक्रौला सडक खण्ड निमार्ण प्रक्रिया शुरु गर्न सफल भएको बताए ।
रावलले लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई, टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल, जानकी गाउँपालिकाका गाउँपालिका अध्यक्ष प्रदीप कुमार चौधरी, स्थानीय विकास विकासप्रेमी लगायत हामी सबैको लागि एक खुशी कुरा रहेको बताए ।
त्यसै गरी लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले लम्कीचुहा नगरवासीका बिचमा मैले चुनावताका र बेला बेलामा सार्वजिनिक रुपमा गरेको बाचा अनुसार लम्की टीकापुर खक्रौला सडक खण्डको निमार्णको काम शुरु भएकोमा लम्कीचुहा नगरवासीका लागि खुशीको दिन भएको बताए ।