सुदुरपश्चिम प्रदेश
कैलालीको गोदावरी नगरपालिकाममा ७ के.जी चरेश सहित ४ जना पक्राउ
कैलाली पोष्ट | २०७६ मंसिर २७ गते १४:२५ मा प्रकाशित
कैलालीको गोदावरी नगरपालिका वडा नंम्बर २ रिङ्गरोड बाट प्रहरीले ७ के.जी चरेश् सहित ४ जना लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहिबार बिहान अन्दाजी साढे आठ वजेको समयमा रिङरोड स्थित बसन्त राज भट्टको घरको कोठा लागुऔषध चरेश को कारोवार भईरहेको छ भन्ने गोप्य सूुचनाको आधारमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय बाट खटिएको आर आई टी(च्।क्ष्।त्.) टोली र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्र.ना.उ. ज्ञान बहादुर बिष्टको कमाण्डमा खटी गएको प्रहरी टोलीले कोठाका खान तलासी गर्दा सोही कोठा भित्र डेरा भाडामा बस्ने जसमल सिह ठगुन्ना,जिल्ला दार्चुला मार्मा गाँउपालिका वडा नं १ बस्ने जिवन सिह ठगुन्ना, उकिल सिह ठगुन्ना र जिल्ला दार्चुला अपि हिमाल गाँउपालिका वडा नं ४ बस्ने बर्ष २४ को हिक्मत सिह धामी समेत लाई पक्राउ गरि कोठा भित्र रहेको काठको पलङ(खटीया) मुनी भुईमा लुकाई छीपाई संकास्पद अवस्थामा राखीएको कालो झोला खोली हेर्दा उक्त झोला भित्र खैरो रंगको चुन्नी(दोपट्टा) भित्र चरेस जस्तो देखीने कालो पदार्थ तौल गर्दा ४ के.जी ,त्यसै गरी निलो रंगको प्लास्टीक भित्र १ किलो ४ सय ग्राम र सेतो प्लाष्टीक भित्र हरीयो रंगको प्लाष्टीककै झोलामा लुकाई छीपाई राखेको अवस्थामा १ किलो ६ सय ग्राम गरी कुल जम्मा ७ किलोग्राम लागु औषध चरेस फेला पारी बरामद गरेको हो । पक्राउ चारै माथी थप अनुसन्धान भई रहेको ।