पुनर्वासका दुई सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई राडा नेपालद्वारा न्यानो लुगा वितरण
एजेन्सी | २०७६ पौस ४ गते ०९:४१ मा प्रकाशित
किशोर तामाङ
पुनर्वास ,३ पुस – राडा नेपाल द्वारा अत्यधिक चिसो बढिरहेको बेला कंचनपुरको पुनर्वासमा न्यानो कपडा बितरण गरेको छ।
ग्रामीण जागरण विकास संघ (राडा नेपाल) ले पुनर्वास नगरपालिका-२ स्थित अरनिको आधारभूत विधालयको प्राङ्गणमा एक कार्यक्रमका बिच न्यानो लुगा वितरण गरिएको हो ।
राडा नेपालका अध्यक्ष राजेन्द्र सिंह धामीको सभापतित्व तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नगर उप-प्रमुख शारदा बिष्ट धामीको विशिष्ट आतिथ्य रहेकोे थियो । भने अतिथी दिर्घामा पुनर्वास नगरपालिका-२ र ३ का वडाध्यक्ष लगायत विभिन्न ब्यक्तित्वहरु आसिन रहनुभएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख थापाले राडा नेपालले विगतका प्रत्येक वर्षमा बजार क्षेत्र सरसफाइ ,हरियाली र बिद्यार्थीहरुलाई झोला र न्यानो लुगा बितरण गरि सामाजिक कार्यमा कृयाशिल देखिएको बताउनुभयो ।
आगामी दिनहरुमा राडा नेपालले नगरपालिकासंग समन्वय गरे अझै सहज हुने र निष्पक्ष रुपमा नगरले पनि साथ र सहायोग गर्ने बताउनुभयो ।
विशिष्ट अतिथिको आसनबाट बोल्नु हुँदै नगर उप-प्रमुख बिष्ट धामीले सहयोगी नेपाली भाइ बहिनीहरुलाई हृदय देखि नै धन्यवाद ब्यक्त गर्नुभएको थियो । उहाँले विभिन्न समस्याले विदेशलाई आफ्नो कर्मथलो बनाएर गएका नेपालीहरुले देशप्रती देखाएको माया मोह देख्दा निकै खुशी लागेको र वहाँहरूले गर्नु भएको सहयोग प्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा अमेरिकामा बस्दै आएका राडा नेपालका संस्थापक अध्यक्ष शिव बिष्टले सोह्र हजार आठ सय ,एनआरएन अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले ११ हजार २ सय ,लक्ष्मण पन्थीले ११ हजार २ सय ,षणानन्द रेग्मीले ५ हजार ६ सय ,सरस्वती शर्माले ५ हजार ६ सय ,पुनम क्षेत्रीले ५ हजार ६ सय ,दिपेन्द्र पाण्डेले ५ हजार ६ सय , विनोद जेठाराले ४ हजार ४ सय असी र राडा नेपालका अध्यक्ष राजेन्द्र सिंह धामीले १५ हजार नगद रुपैया न्यानो लुगा वितरण कार्यक्रमका लागि सहयोग गर्नुभएको राडा नेपालका सचिव रुपेश खरेलले जानकारी दिनुभयो ।
सो संकलित रकमबाट पुनर्वास नगरपालिका-२ स्थित अरनिको आधारभुत बिधालयका १ सय पन्ध्र जना विद्यार्थी , पुनर्वास नगरपालिका-३ स्थित गोर्खा आधारभुत विधालयका पैचालिस जना विद्यार्थी र जेहन्दार , अपांग र दलित २० जना गरि जम्मा १ सय असी जना विद्यार्थीलाई न्यानो लुगा (स्विटर) वितरण गरिएको थियो ।
कार्यक्रममा आर्थिक सहयोग गर्ने दाताहरुका अभिभावकहरुलाई बोलाएर प्रमुख अतिथि नगरप्रमुख थापाले खादा ओढाएर सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष राजेन्द्र सिंह बिष्टले आगामी दिनमा यस्ता सहयोगी मनहरु संग समन्वय गरेर विभिन्न कार्यक्रमहरु गर्ने बताउनुभयो । राडा नेपालका उपाध्यक्ष माधव रोक्काको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव रुपेश खरेलले गर्नुभएको थियो ।