समाचार
लम्कीचुहामा चक्कु बोकेर जथाभावी गाउँमा आगजनी गर्दै हिड्ने ४ जना पक्राउ
धनराज बि.क अबिरल | २०७६ पौस १० गते १४:२३ मा प्रकाशित
लम्कीचुहा नगरपालिका ६ बावनपुरमा चक्कु बोकेर रातीको समयमा जथाभावी गाउँमा आगजनी गर्दै हिडेको आरोपमा बुधबार राती ४ जना पक्राउ परेकाछन् । लम्कीचुहा नगरपालिका ६ का चक्र अधिकारी, गोपाल बुढा, काले बिक र उज्वल चौधरी राती आगजनी भएको ठाउँमा भेटिएकाले सोधपुछका लागि पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय मोतीपुरले जनाएको छ । पक्राउ परेकाहरु बाट तरकारी काट्ने चक्कु र हरियो धनिया फेला परेको ईलाका प्रहरी कार्यलय मोतीपुरका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्द बताए । पक्राउ परेकाहरुको उमेर १४ देखि १६ बर्ष रहेको छ ।
आगजनी बाट १ लाख २० हजार क्षति भएको स्थानीय पदम खड्काले बताए । कलसी देवी बिकको अस्थायी रुपमा बस्नको लागि बनाएको काठको घर जलेर पूर्णरुपमा नस्ट भएको छ । ५० हजार बराबरको क्षति भएको भन्दै नयाँ घर नबन्दा सम्म बस्नको लागि बनाएको घर जलाई दिए चिसोको बेला कहाँ बस्ने भन्ने चिन्ताले सताएको कलसी देवीले बताईन् । त्यसैगरी दान बहादुर रावत,गंगाराम बिष्ट, रतीराम चौधरी जितराम चौधरीको परालको खातमा आगो लगाईकोछ भने काशिराम चौधरीको बाँसको धान राख्ने भकारीमा आगो लगाएको लम्कीचुहा नगरपालिका ६ का जनप्रतिनीधि जमान सिंह देउवाले बताए ।
हामी सबै घरपरिवार सुतिसकेका थियौं । राती करिब साडे ११ बजे छाउगोठमा सुतेका छोरीहरुले परालको खातमा आगो लागेको देखेर कराएपछि थाहा भएको हो । सबै गाउँले जम्मा भएर आगो निभाएको गंगाराम बिष्टले बताईन् । परालको खातमा आगो लगाए । सुतेको बेला घरमा आगो लगाई दिने हुनकी भन्ने मनमा डर लागको बिष्ट बताउछन् ।
पक्राउ परेकाहरुको गाउँमा पनि व्यबहार राम्रो नरहेको स्थानीय बताउँछन् । समाजमा अपराध नियन्त्रण नगर्ने होने भोली ठूला घटना घट्न सक्ने सम्भावना देखिएकोमा स्थानीयबासी चिन्तित बनेकाछन् । नेकपा लम्कीचुहा नगरपालिका ६ का अध्यक्ष ढक बहादुर बिकले समाजमा अशान्ति मच्चाउने, घरमा आगजनी गर्ने कार्य गलत भएको बताए । समयमै प्रहरीले उपराध रोक्न गाउँगाउँमा समय समयमा गस्ती गर्नुपर्नेमा जोड दिए । जथाभावी रातिको समयमा घरमा आगजनी भएपपछि बावनपुरका जनता डराएकाछन् । जनताको डर हटाउन प्रहरीले सुरक्षाको व्यवस्था गर्नुपर्ने उनले बताए ।
गाउँमा पहिले पनि चोरीका घटना घटेका थिए । केही समय अगाडी हेमु प्रसाद ढकाल र मरो घरबाटै साईकल चोरी भएको प्रलाद बिकले बताए । रातिको समयमा मदिरा र लागुऔषध सेवन गरी जथाभावी हिड्नेहरु बाट समाज असुरक्षित बन्दै गएको स्थानीय बताउँछन् ।