अस्पताल व्यवस्थापन तथा शुदृढीकरण तालिम सम्पन्न
प्रिन्स बि.क | २०७६ पौस ११ गते १७:३७ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपालिकामा अस्पताल व्यवस्सथापन तथा शुदृढीकरण तालिम सम्पन्न भएको छ ।
लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखको आयोजनामा लम्कीचुहा नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई ५ दिने अस्पताल व्यवस्थापन तथा शुदृढीकरण तालिम दिईएको थियो ।
अस्पताल व्यवस्थापन तथा शुदृढीकरण तालिम शुक्रबार समापन कार्यक्रका प्रमुख अतिथी रहेको लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले आफ्नो भनाई राख्दै स्वास्थ्य सेवा जस्तो सम्बेदनशिल सेवामा काम गरिरहेको स्वास्थ्यकर्मीहरुले जनतालाई सेवा दिदा गम्भिर भएर दिनुपर्ने बताए । नगर प्रमुख महादेव बजगाईले जनप्रतिनिधीको चाहाना भनेको जनतालाई सहजरुपमा र सुविधाजनकरुपले सेवा दिनु पाईयोस भन्ने रहेको हुन्छ त्यसका लागि तपाई स्वास्थ्यकर्मीहरु मुस्कान सहित जनतालाई स्वास्थ्य सेवा दिनुभएमा हामी जनप्रतिनिधी सफल भएको मानिनेछौं । यस भल्का स्वास्थ्य चौकीलाई अबको केही दिनमा १५ शैया अस्पतालको रुपमा संचलानमा आउने छ । यस अस्पतालाई प्रभावकारी रुपमा संचलान गर्नको लागि स्वास्थ्यकर्मी संगै व्यवस्थापन पक्षको भूमिका महत्वपुर्ण हुने भएको हुँदा हामी अब अस्पतालको व्यवस्थापनको लागि कार्यविधी मार्फत एउटा समितिमार्फत काम गरिने छ । १५ शैया अस्पताल संचलान आएपछि एम्बुलेन्स सेवा र स्वास्थ्य बिमा पनि लागु गरिने छ । जनतामा सरकारी सेवामा गुमेको विश्वासलाई तालिम बाट सिकेका कुराले त्यो विश्वास ल्याउन सफल हुनुहन्छ भन्ने विश्वास लिएको नगर प्रमुख बजगाईले बताए ।
त्यसैगरि कार्यक्रमका अर्का अतिथी लम्कीचुहा नगरपालिका वडा नंम्बर ३ का अध्यक्ष भक्त बहादुर चलाउनेले लम्कीचुहा नगरपालिका स्वास्थ्यकर्मीहरुको लागि राम्रो महोल भएको पालिका रहेको बताउदै संचालित तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्ने बताए । अध्यक्ष चलाउनेले तालिमको केही समय सम्म उत्प्रेरीत भए पनि विस्तार उत्प्रेणाको स्तर घट्दै जाने भएकाले तालिममा तयार गरेको नोटहरुले सहयोग गर्ने बताए ।
वडा नंम्बर ७ का अध्यक्ष लम्कीचुहा नगरपालिकाका जनताको स्वास्थ्य उपचारको जिम्मा लिएको सरह बुझेर स्वास्थ्य सेवा उपलब्ध गराउने पर्ने बताए ।
स्वास्थ्य संयोजक जयन्ती विसिले तालिमबाट स्वास्थ्यकर्मीले धेरै नयाँ कुरा सिक्ने अवसर पाएको छन् अब ती ब्यवहारतः लागु गर्न हामी सबै लाग्नु पर्ने बताईन् ।
मेडिकल अधिकृत प्रकाश तिमिल्सेनाले आफुहरुले ५ दिन सम्म सिकेको सीप दक्षताको तालिमले स्वास्थ्य सेवा वितरण थप प्रभावकारी हुने बताए । अधिकृत तिमिल्सेनाले अस्पताल संचलनको मर्म प्राप्त गर्नका लागि व्यवस्थापकिय पाटो प्रभावकारी हुनुपर्ने बताए ।
प्रेम बि.क ले संचालन गरेको कार्यक्रमका सभाअध्यक्ष लम्कीचुहा नगरपलिका वडा नंम्बर १० का अधयक्ष र्हक बहादुर कठरीया रहेका थिए भने तालिम प्रशिक्षार्थीका तर्फ बाट कमला बिष्टले राखेकी थिईन् । तालिम यहि पुस ६ गते देखि १० गते सम्म संचलान भएको थियो ।