समाचार
कांग्रेसको सुदूरपश्चिम प्रदेश सदस्यमा ओलीको उम्मेदवारी
प्रिन्स बि.क | २०७८ मंसिर १७ गते ११:२१ मा प्रकाशित
लम्की । नेपाली कांग्रेस सुदूरपश्चिम समितिको सदस्य पदमा गणेश ओलीले उम्मेदवारी दिने भएका छन् ।
लम्कीचुहा नगरपालिका(२ का गणेश ओली २०४७ साल देखि नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै राजनीति सक्रिय छन् । लामो समयदेखी नेपाली कांग्रेसमा राजनीति गर्दै आएका ओली तरण दलको लम्कीचुहा नगरसभापती हुँदै कैलाली क्षेत्र नं २ को क्षेत्रीय सदस्यमा रहेर काम गरेका छन् । रिभरसाईड यातायात प्रा।लि को अध्यक्ष समेत रहेका ओली सरल र लोकप्रिय छवि बनाएका कांग्रेसी नेता हुन् । ओलीले सुदूरपश्चिम प्रदेश कमिटीको सदस्यमा निर्वाचित गराउन हुनका लागि प्रतिनिधिहरुसंग अपिल गरेका छन् ।