सुदुरपश्चिम प्रदेश
जोशीपुरमा जेसिजको जेसिज सप्ताह सुरु, वातावरण संरक्षण र जलवायु परिवर्तनका बारेमा विद्यार्थीलाई प्रशिक्षण
प्रिन्स बि.क | २०७८ मंसिर १७ गते १४:३७ मा प्रकाशित
लम्की । कैलालीको जोशीपुर जेसिजको जेसिज सप्ताह आजबाट सुरु भएको छ ।
जोशीपुर जेसिजका अध्यक्ष केशव राज जोशी, जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी, जोशीपुर जेसिजका कार्यकारिणी उपाध्यक्ष भरत डगौरा, जोशीपुर जेसिजका संस्थापक अध्यक्ष सन्तोष पौडेल, जोशीपुर जेसिज वर्ष २०१८ का अध्यक्ष शेखर श्रीपाईली, जोशीपुर बजार व्यवस्थापन समितीका अध्यक्ष विस्वनाथ चौधरी, जोशीपुर जेसिजका मानार्थ सदस्य हरि चौधरी लगायतको उपस्थितीमा मोहन्याल मावीमा आज उद्धघाटन कार्यक्रम गर्दै सप्ताहका सुरु भएको हो ।
आज(शुक्रबार) बाट सुरु भएको जोशीपुर जेसिजको सप्ताहव्यापी कार्यक्रम पहिलो दिन मोहन्याल माध्यमिक विद्यालय जोशीपुरका विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । पछिल्लो समय विश्वव्यापी चुनौतीका रूपमा देखिएको वन वातावरण तथा बन्यजन्तु संरक्षण, जलवायु परिवर्तन र यसले पार्ने असरका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिइएको छ ।
शुक्रबारदेखि शुरु भएको जोशीपुर जेसिजको सप्ताहव्यापी कार्यक्रम अंतरगतको पहिलो दिन मोहन्याल माध्यमिक विद्यालय जोशीपुरका विद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।
संचालन जोशीपुर जेसिजका महासचिव धर्मेन्द्र बिष्टले गरेका थिए ।