समाचार
कलम चिन्हले सुदूरपश्चिमको स्वातगत गरिनेछ ः मन्त्री सोडारी
एजेन्सी | २०७८ फाल्गुन २१ गते ०९:३५ मा प्रकाशित
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले सुदूरपश्चिममा कलम चिन्हले स्वागत गरिने बताएका छन् । शुक्रबार कैलालीको लम्कीचुहा नगरपालिकामा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । ‘केपी ओलीमा भएको व्यक्तिबादी चिन्तनले गर्दा हामीले लोकतन्त्र र संविधान रक्षाको लागि विद्रोह गर्यौ । उनी कम्युनिष्ट नरहेपछि नेपालको कम्युनिष्ट आन्दोलन तुहिने अवस्थमा पुगेपछि हामी समाजवादको यात्रामा लाग्यौं र नयाँ किसिमले अगाडी बड्यौं ।’ मन्त्री सोडारीले भने, ‘हामी दुर्त गतिमा पार्टी निर्माण लागेका छौं । अब आउने निर्वाचनमा सुदूरपश्चिमको प्रवेशद्वारमा कलम चिन्हले स्वागत गर्ने छौं ।’ त्यस्तै प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का कैलाली जिल्ला अध्यक्ष भैरव रावलले कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा देखिए पछि पार्टी पुर्नगठन गरिएको बताए । ‘नेपालमा लामो समय देखिको कम्युनिष्ट आन्दोलनबाट प्राप्त भएका उपलब्धीहरु कमरेड केपी ओलीका कारण गुम्ने खतरा देखियो । जनताको लामो त्याग तपस्या र बलिदानी पश्चात प्राप्त उपलब्धीका एक व्यक्तिका कारण गुम्ने अवस्था सिर्जना भयो’ अध्यक्ष रावलले भने, ‘उपलब्धी गुम्ने खतरा भएपछि हामीले पार्टीको पुर्नगठन गरेका छौं र, अहिले जनताको माझमा हामी आफ्ना मुद्दा लिएर गईरहेका छौं’ झुंगा रिर्सोटमा भएको कार्यक्रममा नेकपा(एकिकृत समाजवादी) का केन्द्रीय परिषद्का सदस्य कर्ण जैशी, प्रदेश कमिटि सदस्य, लोकराज तिमिल्सेना, पूर्ण बिष्ट, राजेश मयाल(अग्नी शिखा), माया शाह, कैलाली जिल्ला कमिटि सचिव खडक रावत, उप सचिव बखत बिष्ट, नगर कमिटीका कार्यवाहक उपाध्यक्ष महेन्द्र खत्री लगायत पाँच सय जनाको सहभागिता रहेको थियो ।