खेलकुद
सिटी लिगकप फाइनल नजिक
प्रशासक | २०८२ माघ १ गते १०:२३ मा प्रकाशित
म्यानचेस्टर सिटीले लिगकपमा मंगलबार न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेको छ र फाइनल नजिक पुगेको छ । सेन्ट जेम्स पार्कमा भएको सेमिफाइनल पहिलो लेगको खेल जितेर सिटी बलियो स्थितिमा पुगेको हो ।
पेप ग्वार्डिओलाको सिटीका लागि नयाँ अनुबन्धित खेलाडी एन्टोन सेमेन्यो र रायन चेर्कीले गोल गरे । घानाका सेमेन्यो गत साता मात्रै आठ करोड ७० लाख डलरमा बर्नमाउथबाट सिटी आएका हुन् ।
गत सिजन न्युकासलले सात दशकको पर्खाईपछि पहिलो उपाधिका रूपमा लिगकप जितेको थियो । अब त्यसलाई रक्षा गर्नका लागि उसले दोस्रो लेगको सेमिफाइनलमा कडा मिहिनेत गर्नु पर्नेछ ।