समाचार
नेपाली कांग्रेस क्षेत्रीय सम्मेलन सम्पन्न
प्रशासक | २०८१ माघ २४ गते १०:५८ मा प्रकाशित
प्रकाश जोशी
लम्की, माघ २४
नेपाली कांग्रेस कैलाली जिल्ला क्षेत्र नम्बर २ को १४ औ महाधिवेशन पछिको दोस्रो क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति बिष्णु ढकाल को सभापतित्व मा भएको कार्यक्रम का प्रमुख अतिथि नेपाली कांग्रेस का केन्द्रीय सदस्य योगेन्द्र चौधरी रहेका थिए भने विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नेपाली कांग्रेस कैलाली जिल्ला समिति सभापति एवम् राष्ट्रीय सभा सदस्य नारायण दत्त भट्ट रहेका थिए ।
स्वागत मन्तव्य कैलाली क्षेत्र नम्बर २ (क) का सभापति भीम प्रसाद जैसी को स्वागत मन्तव्यसँगै सुरू भएको कार्यक्रम मा क्षेत्रीय सचिव बृर्जेश रावल ले प्रतिवेदन पेस गरेको थिए ।
कार्यक्रममा महासमिति सदस्य हिम बहादुर रावल महासमिति सदस्य विजय बहादुर स्वार महासमिती सदस्य भक्त थापा महासमिती सदस्य बिरू चौधरी सम्पूर्ण महाधिवेशन प्रतिनिधिको तर्फबाट जनक बम लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाही जिल्ला कार्य समिति सदस्य पूर्व क्षेत्रीय सभापति देवानन्द जैसी, नेपाली कांग्रेस लम्कीचुहा नगर कमिटी सभापति इन्द्र कूवर सम्पूर्ण गाउं समितिको तर्फबाट बर्दगोरिया गाउं समितिका सभापति कृष्ण बिष्ट सहिद परिवारको तर्फबाट बद्रि प्रसाद ढकाल लगायत ले शुभकामना मन्तव्य व्यक्त गरेका सम्मेलनको सञ्चालन नेपाली कांग्रेस कैलाली जिल्ला क्षेत्र नम्बर २ का क्षेत्रीय सह सचिव अमर बिष्ट ले गरेका थिए ।