समाचार
संस्थालाई उत्पादनसँग जोड्दै समृद्ध समुदायको निर्माण गर्छु : अध्यक्ष जैसी
प्रशासक | २०८२ जेठ २ गते ०९:५९ मा प्रकाशित
अक्षर साथी
लम्की/जेठ १
बीच भुरुवा ग्रामिण विद्युत सहकारी सँस्था लि. भुरुवाका अध्यक्ष बुद्धिमान जैसी(बसन्त)ले सँस्थालाई उत्पादनसँग जोड्दै समृद्ध समुदायको निर्माण गर्ने बताएका छन् । विहीबार सम्पन्न सँस्था १८ औँ साधारण सभाबाट निर्विरोध निर्वाचित अध्यक्ष जैसीले सो कुरा बताएका हुन् ।
‘आफ्ना कार्यकालमा उपभोक्ताको जीवन स्तर माथि उकास्ने काम गर्ने लक्ष्य लिएको छु । उपभोक्ताको पैसाबाट सँस्था उपभोक्ताको हितमा काम गर्नुपर्छ मेरो धारण हो ।,’ अध्यक्ष जैसीले भने, ‘मुख्यः रूपमा सँस्थालाई उत्पादनसँग जोड्दै समुदायलाई समृद्ध बनाउने काम गर्ने छौँ । बचत र ऋणको मात्र कारोबार मात्रै गर्नु भन्दा पनि उपभोक्ताका समूहमा लगानी गर्दै उपभोक्तालाई उत्पादनसँग जोड्ने योजनामा हामी छौँ ।
त्यस्तै अध्यक्ष जैसीले पहिलो बैठकबाट विज्ञहरूको सुझावको आधारमा विद्युत महसुलको दर घटाउने बताए । सँस्था आर्थिकरूपमा सक्षम भएकाले उपभोक्तालाई सहुलियत प्रदान गर्दै उपभोक्ताको पैसा उपभोक्तलाई नै फिर्ता गर्ने बताए । सँस्थाको क्षेत्रमा मुख्य मुख्य चौराहमा हाइमस्ट बत्ती जडान गर्ने योजना पनि रहेको अध्यक्ष जैसीले बताए ।
सँस्थाको १८ औँ साधारण सभाबाट अध्यक्षमा बसन्त जैसी निर्वाचित भएकोमा उपाध्यक्षमा देउशर्मा जैसी, सचिवमा बिना भट्टराई र कोषाध्यक्षमा प्रेम बहादुर आले मगर निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा जमान सि रावल, डिल्ली प्रसाद जैसी, राजेश विष्ट, राधिका देवी भण्डारी र योगेश न्यौपाने निर्वाचित भएका छन् ।
तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको संयोजकमा ललित कुमार न्यौपाने निर्वाचित भएका छन् भने सदस्यमा भागीराम चौधरी र सर्प सिंह विश्वकर्मा निर्वाचित भएको निर्वाचन समिति संयोजक लोक प्रसाद खनालले जानकारी दिएका छन् ।
यो कार्य समितिको अवधि चार वर्षको हुने छ ।