अर्थ
सामान्य बन्दै लम्कीचुहाको जनजीवन
प्रशासक | २०८२ भाद्र २७ गते १२:५३ मा प्रकाशित
अक्षर साथी
लम्की/ भदौ, २७
जेन–जीको ऐतिहासिक क्रान्तिपछि देशभरि डर, त्रास र तनावको वातावरण छाए पनि लम्कीचुहामा जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ । यद्यपि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यू कायम नै राखेको भए पनि लम्कीचुहाको जनजीवन सामान्यतर्फ अगाडि बढिरहेको छ । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात साधन सञ्चालनमा नभए पनि निजी साधन र अटोरिक्सा निर्वाध रूपमा चलिरहेका छन् । बजार पूर्ण रूपमा खुलेको छ भने बजारमा किनमेल पनि भइरहेको छ । नजिकिँदै गरेको दशैंको यो समय हुने व्यापारको तुलनामा अहिले कम भए पनि खाद्यान्न, कपडा पसल र गहना पसलमा चहलपहल बढ्दै गरेको छ । बैंक र विद्यालय भने बन्द छन् । प्रशासनले बिहान १० देखि साँझ ५ बजेसम्म निषेधाज्ञा, साँझ ७ देखि बिहान ६ बजेसम्म कर्फ्यू र बिहान ६–१० तथा साँझ ५–७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने व्यवस्था गरेको छ ।
आउँदै गरेको दशैं, तिहार चाडपर्वलाई मध्यनजर गर्दै अवस्थालाई छिटोभन्दा छिटो सामान्य बनाउनुपर्ने व्यापारी धनिराम खनालले बताए ।