समाचार
किन मोनिका शाहीको झोला वि.पि स्मृति भवन लम्कीमा जलाइयो ?
प्रशासक | २०८२ भाद्र २७ गते १९:०० मा प्रकाशित
अक्षर साथी
लम्की/ भदौ, २७
तेस्रो लिङ्गी समाजसेवी तथा सामाजिक अभियान्ता मोनिका शाहीको हाते झोला अज्ञात समूहले जलाएको छ ।
शाहीका अनुसार जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) लम्कीस्थित वि.पि. स्मृति भवनमा उनको झोला जलाइएको हो । उनले शुक्रबार पत्रकारलाई जानकारी दिँदै झोलामा रहेको नागरिकता, नबिल बैंकको साढे चार लाख रुपैयाँको चेक, ३५ हजार नगद र एउटा मोबाइलसमेत जलेर नष्ट भएको बताइन् ।
शाहीले काठमाण्डौँमा आन्दोलनको पहिलो दिन अवोध बालबालिकाको हत्या भएको देखेपछि जेनजीले उठाएका मुद्दा सही ठानेर आन्दोलनमा सहभागी भएको तर सो क्रममा आफ्नो झोला जलाइएको बताइन् ।
भ्रष्ट नेताहरूको घरसमेत तोडफोड गर्नुपर्ने भन्ने अभिव्यक्ति दिएका कारण आफूलाई लक्षित गरी यस्तो घटना भएको दाबी गरिन् । साथै, शाहीले झोला जलाउने अपराधी समूहलाई पहिचान गर्न जेनजीसँग सहयोग गर्न आग्रहसमेत गरेकी गरेकी छन् ।