समाचार
कैलालीमा लागुऔषधसहित युवक पक्राउ
प्रशासक | २०८२ असोज ७ गते ११:२४ मा प्रकाशित
कमल प्याकुरेल
लम्की/असोज ७
कैलालीको लम्कीचुहा नगरपालिका–६ बाकमाराबाट सोमबार बेलुकी एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार गोप्य सूचनाको आधारमा पैदल हिँडिरहेका सोही ठाउँका २५ वर्षीय गोबिन्द घर्ति मगरलाई चेकजाँच गर्दा उनको साथबाट करिब ५४० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो ।
उक्त पदार्थसहित घर्ति मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।