समाचार
गौरीफन्टा नाकामा भारतीय चेकजाँच कडा, नेपाली उपभोक्तालाई समस्या
प्रशासक | २०८२ असोज ७ गते १५:४२ मा प्रकाशित
डेस्क
लम्की/असोज ७
गौरीफन्टा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चेकजाँचमा कडाइ गरेको छ।
चेकजाँच कडा हुदा दसैंका लागि सीमावर्ती बजार वनगाव जाने स्थानीयहरूलाई समस्या पारेको छ। कैलाली र कञ्चनपुरका पुनर्वास क्षेत्रका बासिन्दाहरू सामान्यतया सस्तो मूल्यमा सामान किन्ने उद्देश्यले गौरीफन्टा नाका हुँदै वनगाव र पलिया जाने गर्छन्।
तर अहिले भारतीय प्रहरी र कस्टम कर्मचारीले चेकजाँचमा कडाइ सुरु गरेपछि नेपाली उपभोक्ताले कठिनाइ भोग्न परेको गुनासो गरेका छन्। स्थानीयहरूले सुरक्षा जाँचको नाममा यात्रा गर्दा र सामान ल्याउँदा असुविधा बढेको बताएका छन्।