समाचार
लम्कीचुहाका चौकीदारलाई साइकल वितरण
प्रशासक | २०८२ कार्तिक १५ गते १६:३१ मा प्रकाशित
कैलाली डेस्क
लम्की/कार्तिक १४
कैलालीको लम्कीचुहा नगरपालिकाका चौकीदारलाई साइकल विरतण गरिएको छ । नगरपालिकामा शुक्रवार ५० जना चौकीदारलाई साइकल वितरण गरिएको हो ।
नगर प्रमुख सुशीला शाहीका अनुसार गाउँघरको हेरचाह गर्ने, सार्वजनिक सूचनालाई घरदैलासम्म पुगाउँदै आएका चौकीदारलाई उनीहरूको काम थप सहज होस् भन्ने उदेश्यले साइकल वितरण गरिएको हो ।
त्यस्तै नगरपालिकाका ४७ जना भलमान्सालाई मोबाइल समेत वितरण गरिएको छ ।