खेलकुद
अमेरिकासँग पराजित हुँदै नेपाललाई लिग–२ मा लगातार तेस्रो हार
प्रशासक | २०८२ कार्तिक १७ गते ०७:०८ मा प्रकाशित
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय (ओडिआई) शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।
शनिबार भएको खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमै ६ विकेट गुमाएर पूरा ग¥यो । अमेरिकाका साइतेजा मुक्कमल्ला ७५ रनसहित सर्वाधिक स्कोरर बने भने मिलिन्द कुमारले ७० र शयान जहागिरले ३६ रनको योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै नन्दन यादव, करण केसी र गुलशन झाले प्रत्येकी १–१ विकेट लिए ।