समाचार
७ पूर्वपदाधिकारीको ‘चक्रव्यूह’ मा कांग्रेस
प्रशासक | २०८२ कार्तिक १८ गते १०:३६ मा प्रकाशित
काठमाडौँ — पार्टी महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि भन्ने विवादमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक तीन सातादेखि अल्झिएको छ । नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेता पुसमा १५ औं महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । तर संस्थापन पक्ष त्यसमा तयार देखिएको छैन ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का तत्काल महाधिवेशन गर्नेबारे अनौपचारिक कुराकानीमा सकारात्मक धारणा राख्ने गरे पनि औपचारिक बैठकमा खुलेका छैनन् । यसका पछाडि संस्थापन पक्षका सात पूर्वपदाधिकारी रहेको आरोप इतर पक्षले लगाउँदै आएको छ ।