स्रष्टा आँगनमै श्रीमती सहित पत्रकार सम्मानित
प्रिन्स बि.क | २०७५ चैत्र ३ गते १४:५३ मा प्रकाशित
अक्षर साहित्य प्रतिष्ठानको आयोजनामा लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलिया सुन्दरपुरमा शनिबार एकजना स्रष्टाको आँगनमा उनकी श्रीमती सहित पत्रकारलाई लाई सम्मान गरिएको छ । अक्षर साहित्य प्रतिष्ठान लम्कीले हरेक महिना आयोजना गर्दै आएको स्रष्टा आँगन तथा सम्मान कार्यक्रमको पाँचौं शृङ्खलामा स्रष्टा नौलासिंह गिरिको श्रीमती जनकपुरा गिरी सहित सामुदायिक रेडियो पश्चिम आवाजका प्रबन्ध निर्देशक पत्रकार युवराज न्यौपानेलाई सम्मान गरेको हो । छैटौं स्रष्टा आँगन तथा सम्मान कार्यक्रम अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एव्म साहित्यकार धनराज अविरलको आँगन लम्कीचुहा नगरपालिका ६ चैनपुरमा २०७६ बैशाख ७ गते शनिबारका दिन हुने संस्थाका सल्लाहकार संयोजक रोशन बोहोराले जानकारी दिनु भएको छ ।
प्रतिष्ठानका अध्यक्ष धनराज अविरलले स्रष्टा उत्पादनमा परिवारको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहने भएकोले स्रष्टाले रोजेको घरको व्यक्तिलाई सम्मान गर्दै आएको बताउनु भयो । उहाँले भन्नु भयो “ भाषा, कला साहित्यको विकासमा संचार माध्याम र संचारकर्मीको पनि योगदान हुने भएकोले चौंथो शृङ्खला बाट पत्रकारलाई सम्ममान गर्दै आएका छौं । समाज र देश परिवर्तनमा साहित्यको महत्वपूर्ण भूमिका रहने भएकोले राज्यले स्रष्टाको योगदानको सम्मान गर्नुपर्छ । भाषा, कला साहित्यको संरक्षण र सम्बद्धनका लागि अक्षर साहित्य प्रतिष्ठानले सक्रिय रुपमा कार्यक्रम गरेर पहिचान बनाउन सफल भएको छ ।”
अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहोराले संस्थाले छोटो समयमा धेरै ठूलो प्रगति भएको बताउनु भयो । गाँउ घरमा साहित्यको जागराण ल्याउदै स्रष्टाहरु उत्पादन गर्ने काममा सफलता हाँसिल गरेको भन्दै अक्षर साहित्य प्रतिष्ठानको यात्रा कहिल्यै नरोकिने उहाँले बताउनु भयो ।
सुदूरपश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष तथा देवकोटा साहित्य कला परिवार टीकापुरका सचिव साहित्यकार अशोक बोहोरा असिम पीडाकोे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि साहित्यकार कन्ठराज गिरी रहनु भएको थियो । पाँचौं स्रष्टा आँगनमा करिब ५० भन्दा बढी स्रष्टाहरुले रचना बाचन गरेका थिए । रचना मार्फत स्रष्टाहरुले देशमा द्वन्द्ध बढ्ने सम्भावना बढेकोले यस्तो अवस्थाले जनतालाई दुःखी बनाएको बताए । दुबै पक्षले विगतमा भएको द्वन्द्ध बाट पाठ सिकेर बार्ता र संवादको प्रकुया अपनाउनु पर्नेमा जोड दिएका थिए । देशलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने रचना स्रष्टाहरुले प्रस्तुत गरेका थिए । भाषा कला साहित्यको विकासमा राज्यको लगानी कम भएकोले सोचे जस्तो विकास हुन नसकेको स्रष्टाले बताए । देशमा भएको परिवर्तनलाई संस्थागत विकास गर्नुपर्ने भन्दै समाजमा भईरहेको विभेद र देशमा भएको भ्रष्टचारको विरुद्धमा तिखो प्रहार गरेका थिए ।
कार्यक्रममा कैलाली जिल्लाका विभिन्न गाउँपालिका र नगरपािलका बाट स्रष्टहरुको सहभागिता रहेको थियो । भाषा, साहित्य र संस्कृतिको विकास मार्फत श्रष्टाहरूलाई सम्मान गर्ने र नव सर्जकहरूको प्रतिभाको खोजी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सल्लाहकार बल बहादुर रावतले बताउनु भयो । साहित्यकार नौला सिंह गिरीले भन्नु भयो “ पहिचानमा नआएको स्रष्टाको आँगनमा आएर मलाई चिनाउने काम गरेकोले जीवनमै सबैभन्दा बढी खुसी भएको बताउँदै कार्यक्रम बाट प्रभावित भएर खस भाषाको उपन्यास अक्षर साहित्य प्रतिष्ठान बाट प्रकाशित गर्ने छु ।”
अक्षर साहित्य प्रतिष्ठानका अध्यक्ष धनराज अविरलको अध्यक्षतामा भएको कार्यक्रम महासचिव मदन शाहीले सञ्चालन गर्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष धनराज अविरलले साहित्यकार नौलासिंह गिरीको व्यक्तित्व र जीवनी माथी प्रकाश पार्नु भएको थियो । समग्र कार्यक्रमको समीक्षा प्रतिष्ठानका सल्लाहकार हर्क देवकोटा आर्त अकूलिनले गर्नु भएको थियो ।
प्रतिष्ठानका कोषाध्यक्ष तुल्सी संजयालको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा साहित्यकार अशोक बोहोरा असिम पीडा, बालकृष्ण खनाल, प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहरा, कन्ठराज गिरी, नौला सिंह गिरी, बल बहादुर रावत, गोकुल गिरी, जनकलाकार बिस्ना कुमारी विसी सपनाले मन्तव्य राख्नु भएको थियो ।