समाचार
लम्की वितरक संघको अध्यक्षमा पुष्पराज ढकाल चयन
प्रशासक | २०८२ पौस ५ गते ०८:३९ मा प्रकाशित
अक्षर साथी
लम्की, कैलाली
लम्की वितरक संघको तेस्रो चुनावी साधारणसभा सम्पन्न हुँदै नयाँ नेतृत्व चयन भएको छ । साधारणसभाबाट पुष्पराज ढकाल संघको अध्यक्षमा चयन भएका छन् ।
नवगठित कार्यसमितिमा तिलक खनाल उपाध्यक्ष, धनिराम खनाल महासचिव, घमन सापकोटा कोषाध्यक्ष र चक्र बुढा सचिवमा चयन भएका छन् । यस्तै सदस्यहरूमा शंकर बिष्ट, भिम थापा र नवराज देवकोटा रहेका छन् ।
अध्यक्षमा चयन भएपछि पुष्पराज ढकालले आफूलाई दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै वितरकहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाए । “लम्की क्षेत्रका वितरकहरूका समस्या, चुनौती र अवसरलाई साझा रूपमा उठाउँदै संघलाई थप व्यवस्थित र सक्रिय बनाउने मेरो प्राथमिकता रहनेछ,” ढकालले भने । उनले बजार व्यवस्थापन, पारदर्शिता र आपसी सहकार्यलाई मजबुत बनाउँदै व्यवसायीहरूको हित संरक्षणमा केन्द्रित भएर काम गर्ने पनि बताए ।
साधारणसभामा बोल्ने अन्य वक्ताहरूले नयाँ कार्यसमितिले संघलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । संघले आगामी दिनमा वितरकहरूको क्षमता अभिवृद्धि, व्यवसायिक अनुशासन र आपसी एकता सुदृढ गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।