समाचार
कैलालीमा २ मा अहिलेसम्म कुन उम्मेदवारले कति पाए मत
प्रशासक | २०८२ फाल्गुन २३ गते ०८:५२ मा प्रकाशित
अक्षर साथी
लम्की, फागुन २३
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि एक लाख ७ हजार सात सय सन्ताउन्न मतदाता रहेको कैलाली क्षेत्र नं.२ मा ५६ हजार ७ सय मत खसेको थियो । जसमा शनिबार बिहाना ८ बजेसम्म १० हजार ७ सय ५५ मतको गणना सम्पन्न भएको छ ।
शनिबारसम्मको १० हजार ७ सय ५५ मतको गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनाल ३ हजार ३ सय ७ मत सहित अग्र स्थानमा रहेका छन् भने, त्यसपछि नेकपा(एमाले)का उम्मेदवार सुर्य बहादुर थापा २ हजार १ सय २२ मत सहित पछ्याइरहेका छन् ।
यसैगरि नेपाली कांग्रेसका विजय बहादुर स्वारले १ हजार ६ सय ६०, नेपाली कम्युनिष्ट पार्टीका नन्द बहादुर साउँदले १ हजार ६ सय, नागरिक उन्मुक्ती पार्टी,नेपालका पतिराम चौधरीले १ हजार १ सय १७ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धामा यीनै ५ दलबीच देखिएको छ ।
बाँकी रहेका उम्मेदवारमा राप्रपाका भरत सिंह बि.सी.को १ सय ५६, नेपाल कम्युनिष्ट पार्टीका दिल बहादुर साउँदको ६५ मत, नेश्नल रिपब्लिक पार्टीका दल बहादुर बुचा मगरको ४६ मत, नेपाल मानवतावादी पार्टीका करबिर कडाराका ४४ मत, कैँची चुनाव चिन्हका उम्मेदवार राजेश मयाल ९ मत, नेपाल मजदुर किसान पार्टीकी लक्ष्मी पुन मगरको ७ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका डम्मर बहादुर रावलको ७ मत, आम जनताको पार्टीको खगेन्द्र बहादुर रावलको ४ मत, क्यामेरा चुनाव चिन्हका दिपक रावलको २ मत रहेको छ ।