समाचार
लम्कीचुहा अस्पतालका कर्मचारीमा अन्यौल र नैराश्यता
प्रशासक | २०८२ चैत्र ५ गते १०:२८ मा प्रकाशित
कैलाली डेस्क
लम्की, चैत ५
अस्पतालमा कार्यरत कर्मचारीहरू पनि वर्तमान अवस्थाबाट प्रभावित भएका छन्। २०८२ वैशाखदेखि चैतको पहिलो हप्तासम्म ६५ हजार ९५६ जनाले सेवा लिएको यस अस्पतालमा हाल ८१ जना कर्मचारी कार्यरत छन्। तीमध्ये १३ जना स्थायी र ६८ जना करार सेवाका छन् ।
कर्मचारीहरूका अनुसार राजनीतिक विवादका कारण संस्थागत भविष्य अन्यौलमा परेपछि उनीहरूमा नैराश्यता बढ्दै गएको छ। ‘यो संस्था हाम्रो लागि केवल काम गर्ने ठाउँ मात्र होइन, भावनात्मक रूपमा पनि जोडिएको छ। अहिलेको विवादले हामी अन्यौलमा परेका छौं,’ एक कर्मचारीले भने ।
हाल अस्पतालमा बिरामी भर्ना, खोप कार्यक्रम, ल्याब सेवा, फार्मेसी र आँखा सेवा सञ्चालनमा छन् । वार्षिक करिब ७० हजारभन्दा बढीले सेवा लिने यस अस्पताललाई सञ्चालन गर्न लम्कीचुहा नगरपालिकाले तीन करोड रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।