एचआइभी संक्रणमितको गास बास र कपासको ब्यवस्था गर्नुपर्छ
धनराज बि.क अबिरल | २०७५ चैत्र ९ गते १९:३७ मा प्रकाशित
लम्कीचुहा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष एवं न्यायिक समितिका सदस्य पुर्ण बहादुर बिष्टले स्थानीय सरकारले जोखिममा रहेका एचआइभी संक्रणमितको गास बास र कपासको ब्यवस्था गर्नुपर्ने बताउनु भएको छ । गोरेटो नेपालको आयोजना तथा लम्कीचुहा नगरपालिका वडा नम्बर ८ को सहयोगमा भएको एचआइभी संक्रणमितहरुलाई पोषण बितरण र जनचेतनामूलक कार्यक्रम अन्र्तगत फलफुल तथा खाधान्न वितरण कार्यक्रमका प्रमुख अतिथि बिष्टले एचआइभी संक्रणमितको अवस्था कमजोर भएकोले एचआइभी संक्रणमितको गास बास र कपासको ब्यवस्था स्थानीय सरकारले गर्नुपर्ने बताउनु भएको हो ।
एचआइभी संक्रणमित भएकाहरुलाई घरपरिवार तथा समाजले हेर्ने गलत दृष्टिकोण र ब्यवहारका कारण रोग सँगै मानसिक समस्या बढ्दै गएकोले एचआइभी संक्रणमितको मनोबल मकजोर बन्दै गएको उहाँले बताउनु भयो । विभिन्न कारणले एचआइभी संक्रणमण हुने भएकोले यौनिक सम्बन्ध सँग मात्र जोडेर हेर्नु हुन्न । एचआइभी संक्रणमणको शंका भएकाहरुले खुलेर स्वास्थ्य चेकजाँच गराउनुपर्ने भन्दै एचआइभी संक्रणमित भएको अवस्थामा नियमित औषधी खानुपर्नेमा जोड दिनु भयो । मानसिक समस्यामा रहेकाहरुले मनोपरामर्श सेवा अनिबार्य रुपाम लिनुपर्ने अध्यक्ष बिष्टले बताउनु भयो । भौतिक विकास भन्दा मानवीय विकास अर्थपूर्ण हुने भएकोले आगामी बर्ष मानवीय विकासमा अर्थपूर्ण लगानी गर्नेमा उहाँले जोड दिनुभयो ।
वरिष्ठ मनोसामाजिक परामर्शकर्ता धनराज विकले मानसिक स्वस्थ जीवन जीउनको लागि मनोपरामर्श सेवा सबैलाई जरुरी भएको भन्दै एचआइभी संक्रणमित हिंसा पीडित महिलाहरुले अनिबार्य मनोपरामर्श सेवा लिनुपर्ने बनताउनु भयो । लम्कीचुहा नगरपलिकामा मानसिक सवास्थ्य तथा मनोसामाजिक समस्या बढ्दै गएपछि लम्कीचुहा नगरपलिकाले मनोसामाजिक परामर्श सेवा कार्यक्रम संचालन गरेको छ । कार्यक्रम संचालन गरेपछि लम्कीचुहामा समूहगत र व्यक्तिगत सेवाग्राही लाई घरभेटघाट गरी मनोपरामर्श सेवा प्रदान गर्दै आएको विकले ताउनु भयो ।
कार्यक्रममा १० जना एचआइभी संक्रणमितलाई ४० हजार बराबरको फलफुल तथा चामल तेल नुन लगाएत दैनिक उपभोग्य सामाग्री बितरण गरिएको छ । एचआइभी संक्रणमित महिलाहरु र अन्य स्थानीय बासीको सहभागिता रहेको कार्यक्रममा एचआइभी संक्रणमितहरुले सानो सहयोगले ठूलो सहयोग पुग्ने बताएकाछन् । एचआइभी संक्रणमितकै कारण चार महिना अघि श्रीमान् गुमाएकी २२ बर्षिय राधा देवकोटाले आफ्नो घर नभएको र अरुकै घरमा बस्दै आएको बताउनु भयो । वडाले गरेको सहयोगले केही महिना खान पुग्ने भन्दै बस्ने बास र खाने गास केही नभएको बताउने देवकोटाले छिमेकीले घर छोडेर गइजा भन्दैछन् म कहाँ जाउँ के गरु उहाँले आँश पुछ्दै भन्नु भयो । दुईबर्षको छोरा र डेढ बर्षकी छोरीलाई कसरी पाल्ने चिन्ता बढेको भन्दै एचआइभी संक्रणमित भएको थाहा पाएपछि माइतीले माईत नआउनु भनेकाछन् । समाजका मान्छेले मरीजा भनेर भन्छन् अब मर्ने बाहेक अरु केही विकल्प नरहेको उँहाले बताउनु भयो ।
त्यसै गरी एचआइभी संक्रणमित ५५ बर्षिय पार्वती जैशीले दाल, चामल, नुन तेल र फलफुल सहयोग पाउँदा आत्मबल बढेको बताउदै वडाध्यक्षले गरेको जनप्रिय कामको उहाँले दिल खोलेर प्रशंसा गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य भुमिसरा उपाध्याय,वडा सदस्य जयप्रसाद देवकोटा,पतिराम चौधरी, भरु विक, र थागिल सामाजिक संघकी उर्मिला विष्ट र वडासचिब नृप विष्टले मन्तब्य राख्नु भएको थियो । गोरेटो नेपालका अध्यक्ष धनिराम जैशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य मदन न्यौपानेले राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिब सरिता बोहोराले गर्नु भएको थियो ।