समाचार
एसईई परीक्षामा लम्कीचुहा नगरपालिकाका १ हजार ७ सय ८४ जना विद्यार्थी सहभागी
एजेन्सी | २०७५ चैत्र १० गते १८:१० मा प्रकाशित
रंगप्रसाद तिमिल्सैना
यस वर्षको माध्यमिक शिक्षा परीक्षा मा लम्कीचुहा नगरपालिकाका ६ वटा परीक्षा केन्द्रबाट १ हजार ७ सय ८४ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन ।
लम्कीचुहा नगरपालिकाका ६ परीक्षा केन्द्रका लागि १ हजार ८ सय १५ जनाले परीक्षा फारम भरेपनि ३१ जना विद्यार्थी परीक्षामा सहभागी भएनन् ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौर व्यवस्थितनगरको राष्ट्रिय माविको परीक्षा केन्द्रमा २ सय ९२ जना परीक्षार्थीमा २ सय ८९ जना आजको परीक्षामा सहभागी भएको सहायक केन्द्राध्यक्ष धर्मराज बजगाईले जानकारी दिनु भएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा रहेको कालिका माविको परीक्षा केन्द्रमा ४ सय एक जना परीक्षार्थीमा ३ सय ९४ जना आजको परीक्षामा सहभागी भएका छन ।
लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरकोराष्ट्रिय नमुना माविको परीक्षा केन्द्रमा २ सय ६३ जना परीक्षार्थीमा २ सय ६३ जनानै आजको परीक्षामा सहभागी भएको केन्द्राध्यक्ष लोकराज पन्थीले जानकारी दिनु भएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ५ चौरीको जनजागृती माविको परीक्षा केन्द्रमा ४ सय २ जना परीक्षार्थीमा ३ सय ९२ जना विद्यार्थी परीक्षामा सहभागी भएको सहायक केन्द्राध्यक्ष बिनोद आचार्यले जानकारी दिनु भएको छ ।
त्यसैगरी लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरको सरस्वती माविको परीक्षा केन्द्रमा ३ सय ४ जना परीक्षार्थीमा २ सय ९५ जना आजको परीक्षामा सहभागी भएका छन ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १० चुहाको राष्ट्रिय नवजागृत माविको परीक्षा केन्द्रमा १७ सय ५३ जना परीक्षार्थीमा १ सय ५१ जना आजको परीक्षामा सहभागी भएका छन ।
परीक्षामा सहभागी १ हजार ७ सय ८४ जना परीक्षार्थीमा ८ सय ४९ जना छात्र र ९ सय ४५ जना छात्रा परीक्षामा सहभागी छन ।
आजबाट शुरु भएको माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा भएको हो । आजको विषयको परीक्षा लम्कीचुहाका ६ वटै परीक्षा केन्द्रमा शान्तिपुर्ण सम्पन्न भएको लम्कीचुहा नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले जानकारी गराउनु भएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा देशभरीबाट ४ लाख ७५ हजार ३ जना विद्यार्थी परीक्षामा सहभागी छन ।